नाडाको उपाध्यक्षमा करण, महासचिवमा सुनिल



नेपाल समाचारपत्र, काठमाडौं।

सिजी मोटोेकर्प तथा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरी अटोमोवाइल व्यवसायीहरूको संगठन नाडा एशोसियशन अफ नेपालको उपाध्यक्ष चयन हुनुभएको छ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालले पदाधिकारीहरू चयन गर्ने क्रममा चौधरीलाई उपाध्यक्ष चयन गर्नुभएको हो।

उपाध्यक्ष चयनसँगै उहाँलाई नाडाको सवारी कमिटिको सभापतिमा पनि मनोनित गरिएको छ। त्यस्तै, उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा सुवाश आचार्य र नवराज डल्लाकोटी चयन हुनुभएको छ।

त्यस्तै महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषध्यक्षमा सुरेन्द्र उप्रेती र सहकोषाध्यक्ष बिक्रम सिंहानिया चयन हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्