उखु किसानको आन्दोलनप्रति घरेलु महासंघको एक्यवद्धता



नेपाल समाचारपत्र, काठमाडौं।

उखु किसानहरूको माग प्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले ऐक्यवद्धता जनाएको छ।विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकोले देशको विभिन्न भागबाट चिनी मिल पिडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था र उखु किसानहरूको माग प्रति ध्यानाकर्षण भएको महासंघले जनाएको हो।

एकवर्ष अघि नै किसानहरूको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानहरूले भुक्तानी नपाउनु दुःखद कुरा भएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

उखु किसानहरू महासंघका पनि सदस्य रहेको भन्दै उनीहरूको आन्दोलन प्रति महासंघको ऐक्यवद्धता रहेको अध्यक्ष श्याम प्रसाद गिरीले बताउनुभयो।

लघु, घरेलु तथा साना उद्योगीहरूको छाता संस्थाको हैसियतमा महासंघले चिनी उद्योगीहरूलाई उखु किसानहरूको रकम अविलम्ब भुक्तानी दिन आग्रह गर्दै यस सम्बन्धमा थप केही विषय भए महासंघसँग समन्वय गर्न उहाँले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्