अंग्रेजी नयाँ वर्षमा एनसेलको डेटा प्याकमा ५० प्रतिशत छुट



अंग्रेजी नयाँ वर्ष २०२०को अवसरमा एनसेलले डाटा प्याकमा ५० प्रतिशत छुट अफर सार्वजनिक गरेको छ। एनसेलले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरू सुचारु गर्न सकिने जनाएको हो।

अफर अनुसार एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबीमासिक डेटा प्याकको मजालिन सक्नेछन्। यो अफर बुधबारदेखि लागू भई २४ घण्टाको लागि मान्य रहने छ।

एनसेलका ग्राहकले बुधबार बिहान १२ बजेदेखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यी दुई मासिक डेटा प्याक सुचारू गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत ग्राहकले कर सहित रु १ हजार २० रुपियाँ २४ पैसा पर्ने १६ जिबीप्याक कर सहितमात्र रु ५१० रुपियाँ १२ पैसामा सुचारू गर्न सकिनेछ।

त्यस्तै ग्राहकले कर सहित ४ सय ५३ रुपियाँ ३० पैसा पर्ने मासिक ६ जिबी (३ जिबी+३ जिबी फोरजी डेटा) डेटा प्याक कर सहितमात्र २ सय २६ रुपियाँ ६५ पैसामा सुचारू गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्