पाठ्यक्रममै आनुभविक शिक्षण प्रणाली जोड्दै डीएभी



नेपाल समाचारपत्र, काठमाडौं।

डीएभी विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममै आनुभविक शिक्षण प्रणली भित्र्याउने भएको छ। पाँच दिवसिय आनुभविक शिक्षण कार्यशाला समापन भएसँगै विद्यालयले यस्तो शिक्षा प्रणाली भित्र्याउने भएको हो।

नेपालमा डीएभी विद्यालय आनुभविक शिक्षण प्रणाली अबलम्बन गर्ने पहिलो विद्यालय हुनेछ। विद्यालयका अध्यक्ष अनिल केडियाले यस पद्धति कक्षा नर्सरी देखि कक्षा १२ सम्म अबलम्बन गरिने जानकारी दिनुभयो।

पाँच दिवसिय शिक्षण कार्यशाला नसकिदै डी.ए.भी. विद्यालयले दी प्रोटेजी ग्रुपसँग तिन वर्षसम्म आनुभविक पद्धतिको अबलम्बन, मुल्याङ्कन र शुदृढिकरणको लागि तिन वर्षसम्म साझेदार गर्ने निर्णय समेत गरेको छ।

दी प्रोटेजी ग्रुपका मुख्य प्रशिक्षक जोएल. एस. गोडि, सहायक प्रशिक्षक पराग गान्धी र मोहन वेनकाटेश पलानीले करिब १७ वर्षको अध्ययन र अनुसन्धान बाट थ्री डि इ ई फ्रेमवर्कको आनुभविक शिक्षण पद्धती र सीएफपी (क्लासरूम फेसिलिटेसन प्राक्टीसनर) कोर्ष समेत शिक्षकहरूलाई हस्तान्तरण गरेका छन्।

मुख्य प्रशिक्षक गोडिले भन्नुभयो,‘अनुभव देखि ज्ञान बाड्ने प्रकृया पारगर्दा मानिसहरूको सिक्ने क्षमता ६० प्रतिशतदेखि ९९ प्रतिशतसम्म पुग्दछ।’

प्रतिक्रिया दिनुहोस्