हुन्डाईद्वारा भेन्यु डिजिटल अभियानका विजेताको नाम घोषणा



काठमाडौं, (नेस)।

नेपालका लागि हुन्डाई अटोमोबाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको विजेताहरूको नाम घोषणा गरेको छ।

हुन्डाई भेन्युको प्रबद्र्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरू मध्ये ‘स्पट दि भेन्यु’ मा १०६ प्रतियोगीहरू र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ मा ७ सय १६ प्रतियोगीहरूले सहभागिता जनाएका थिए।

अत्याधिक प्रतिक्रिया प्राप्त गरिएको अभियानका विजेताहरू लक्की–ड्र बाट छानिएको कम्पनीले जनाएको छ। लक्की ड्र मार्फत छानिएका दुई विजेतामध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेसनल ट्रिपको प्याकेज जित्नुभएको छ।

टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगितामा बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र ईन्द्र बहादुर सुनुवार विजेता बन्नुभएको छ। उहाँहरूले आफ्ना जोडीका लागि पोखरा, चितवन, नगरकोट, धुलिखेलमा डोमेस्टिक ट्रिप जित्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्