शुरू भयो चुनावी चहलपहल



नेपाल शैक्षिक परामर्श संघ नेपाल (ई–क्यान) को चुनावी चहलपहल शुरू भएको छ। कार्यसमितिको म्याद सकिन करिब चार महिनाअगावै वार्षिक साधारणसभामै नयाँ नेतृत्व चयन हुने भएको छ।
कार्यसमितिको म्याद सकिन करिब चार महिनाअगावै वार्षिक साधारणसभामै नयाँ नेतृत्व चयन हुने भएको छ। तर, आगामी कार्यकालको अध्यक्ष को त ? भन्ने विषय निर्णय भइसकेको छैन। ई–क्यानका सदस्यहरूले नयाँ नेतृत्वका लागि कोठेबैठक शुरू गरिसकेका छन्। 
तर, आगामी कार्यकालको अध्यक्ष को त ? भन्ने विषय निर्णय भइसकेको छैन ई–क्यानका सदस्यहरूले नयाँ नेतृत्वका लागि कोठेबैठक शुरू गरिसकेका छन्। तर, वर्तमान अध्यक्ष विष्णुहरि पाण्डे भने सहमतिमै नयाँ कार्यसमिति चयन गर्ने पक्षमा लागिरहनुभएको छ।
आफ्नो कार्यकाल सकिन करिब ४ महिना बाँकी रहेकै अवस्थामा नयाँ कार्यसमिति चयन गर्न खोज्नु पुरानै नेतृत्व दोहोर्याउने संकेत देखिएको छ।
दुईवर्षे कार्यकाल सकिन ४ महिना बाँकी भएकाले आफूले खर्च वचत गर्न साधारणसभामै नयाँ कार्यसमिति चयन गर्न लागेको दाबी अध्यक्ष पाण्डेको छ।
पुसमा सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व भएकाले आफ्नो कार्यसमितिले साधारणसभासँगै नयाँ कार्यसमिति चयन गर्न खोजेको अध्यक्ष पाण्डेको भनाइ छ।
पछिल्लो समय आफूले गरेको ई–क्यान सुधारको योजना सार्वजनिक गर्दै अध्यक्ष पाण्डेले आफ्नो कार्यकालयमा ई–क्यानमा धेरै परिवर्तन भएको दाबी गर्नुभएको छ।
तर, ई–क्यानका केही सदस्य नयाँ नेतृत्वको अपेक्षा गरेका छन्। केही सदस्यले चार महिनाअघि नै नयाँ नेतृत्व चयन गर्न खोजेको वर्तमान कार्यसमितिनै दोहोर्याउनुपर्ने माग अघि सारेका छन्। तर, यो साधारणसभा सहमतिमै हुनुपर्ने अधिकांशको भनाइ छ।
निर्वाचन आउन करिब ११ दिन बाँकी रहँदा चुनावको सरगर्मी बढ्न थालेको छ। गएको सोमबार ई–क्यान छाडेर गएका ४१ जना सदस्यलाई मूलधारमा ल्याउन सफल भएको अध्यक्ष पाण्डेले पुनः अध्यक्ष दोहोर्याउने तयारीमा रहनुभएको छ। ४ सय ७८ सदस्य रहेको ई–क्यानको नयाँ कार्यसमिति २५ जनाको हुनेछ।

ई–क्यानको अधिवेशन प्रत्येक २ वर्षमा हुनेछ। तर, यो कार्यसमितिले २० महिनामा अधिवेशनसँगै निर्वाचन प्रक्रिया अघि बढाउन लागेको हो। निर्वाचनमा सहमतिको रटान रटे पनि ई–क्यानभित्र गुटबन्दी शुरु हुन थालेको छ।

हाल ई–क्यानअन्तर्गत पोखरा, चितवन, ललितपुर र पूर्वाञ्चल शाखा सञ्चालित छन्। ई–क्यानको प्रेसिडेन्सीयल काउन्सिलअन्तर्गत पूर्वअध्यक्ष राजेन्द्र बराल, दीपक गुरुङ, अरूण लामिछाने र बुद्धिप्रसाद रेग्मी रहनुभएको छ।

हाम्रो कार्यकालमा दर्जनौं सुधार : अध्यक्ष पाण्डे
आफ्नो २० वर्षे कार्यकाल सकेर बिदाइ हुने तयारी गरेका अध्यक्ष विष्णुहरि पाण्डेले आफ्नो कार्यकालयमा दर्जनभन्दा बढी सुधार गरेको जनाउनुभएको छ। उहाँले गरेको सुधारका कामहरू बुँदागतरूपमा निम्न रहेका छन् :
  • विदेशी लगानी (एफडीआई) ल्याउन नदिन ई–क्यानलाई एकजुट बनाए।
  •  गत निर्वाचनमा ई–क्यान छाडेर गएका सरोज बस्नेत, भरत रेग्मी, पदम भट्टराईलगायत ४१ जनालाई ई–क्यानमा ल्याउन हाम्रो टिमको ठूलो सफलता हो। 
  •  स्मार्ट ई–क्यान निर्माण, सबै विवरण अनलाइनमार्फत जानकारी लिन सकिने व्यवस्था अधिकांश काम प्रविधिमा आधारित भएको छ। 
  •  २० वर्षे कार्यकालमा झापामा संयोजन समिति र रूपन्देहीमा शाखा कार्यालय स्थापना
  •  फाम ट्रेडअन्तर्गत १८ जना ई–क्यानका पदाधिकारीलाई बेलायतमा भ्रमणको व्यवस्था 
  •  श्रीलंका र कोरियामा ई–क्यान शैक्षिक आदान–प्रदानअन्तर्गत भ्रमणको व्यवस्था
  •  आर्थिकरूपमा सवल, १६ विभागले आफ्नो भूमिका गहनरूपमा निर्वाह
  •  शिक्षा नीतिमा ई–क्यानलाई संघमा राख्ने व्यवस्था 
  •  हरेक ई–क्यान शैक्षिक मेलामा विदेशी कूटनीति नियोग र राजदूतको सहभागिता
  •  ई–क्यानलाई थप व्यवस्थित गर्न तालिमको व्यवस्था 
  •  मिडियासँग सौहार्दपूर्ण व्यवहार, ई–क्यानका बारेमा पारदर्शिता
  •  समाजिक उत्तरदायित्ववहन, विभिन्न कार्यक्रम सञ्चालन
  •  आर्थिक पारदर्शिता, नियमित बैठक
  •  विभिन्न जिल्लामा भेला

प्रतिक्रिया दिनुहोस्