एनसेलले ४ अर्ब ५० करोड कर तिर्यो



न्युज अफ नेपाल, काठमाडौं ।

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।

सोही पत्रको पालना गर्दै एनसेलले कर तिरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्