खरिदारबाट बैंकर बनेका दाहाल



वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनका नवनिर्वाचित अध्यक्ष भुवन दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुनुहुन्छ। उमेरले झण्डै पाँच दशक पुग्न लाग्नुभएका दाहालको बैंकिङ करियर पनि तीन दशक पुग्न लागेको छ। सरकारी जागिरेबाट निजी बैंकमा जागिर खान पुगेका दाहालको बैंकिङ करियरका बारेमा नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले गरेको कुराकानी :

तपार्इंलाई आम मानिसले कसरी चिन्ने, साथै तपाईंले आफ्नो करियर कसरी शुरुवात गर्नुभयो ?

म एउटा सामान्य नागरिक हुँ। म जन्मेको सिन्धुली जिल्लामा २०२८ सालमा जन्मिएको हुँ। २०३५ सालमा हाम्रो परिवार रौतहटमा बसाईं स¥यो। कक्ष्ाँ १ सिन्धुलीमै पढें। कक्षा २ देखि १० सम्म रौतहटमै पढंँे।

गाउँमा कलेज नभएकाले उच्च शिक्षाको लागि काठमाडौं आएँ। इन्टरमिडियट पाटन कलेजबाट पढेंँ। स्नातकको पहिलो वर्ष आरआर क्याम्पसमा पढेंँ। मैले प्लस टु पढ्दापढ्दै लोक सेवाको खरिदार पदमा जाँच दिएको थिएंँ, त्यसमा पास भएर संसद् सचिवालयमा जागिर गरँे। आरआर क्याम्पसमा अंग्रेजी र अर्थशास्त्र विषयमा डिप्लोमा अध्ययन गर्न थाले।

म गाउँबाट काठमाडौं आउँदा जम्मा २ हजार रुपियाँ लिएर आएको हुँ। काठमाडौंको कुमारी इग्लिस स्कुल जोरपाटमा टिचिङ पनि गरेँ। जागीर गर्दै पढाइ गर्दै गर्दा खरिदारमा पास भएर संसद सचिवालयमा सरकारी जागिर पनि भएँ। शुरुमा काम गर्दा मेरो तलब ३ सय, ६ सय पनि थियो। अबको २ वर्ष पछि रिटायर्ड भइन्छ अनि पढ्ने इच्छा छ।

यसैबीचमा नबिल बैंकमा परीक्षा दिएको थिएँ, त्यसमा पनि पास भए। त्यतिबेला स्नातक पहिलो वर्षको जाँच हुने समयमा विराटनगरमा पोस्टिङ भयो। नबिल बैंकको एचआर हेडलाई मैले जाँच दिएर जान्छु भनेर अनुरोध गर्दा उहाँले दुवै हातमा लड्डु हुँदैन भन्नुभयो।

परीक्षा नियन्त्रण कार्यालयमा गएर परीक्षा केन्द्र स्थान्तरण गरिदिन गरेको आग्रह अन्तिम समय भएकाले मिलेन, यसरी मैले स्नातक पहिलो वर्षको जाँच दिन पाइन।

सरकारी जागिरबाट कसरी प्राइभेट जागिरतर्फ आकर्षित हुनुभयो ?

सामान्यतया जागिर खान निजीबाट सरकारीमा जानुपर्ने हो। तर, म सरकारीबाट निजीमा गएँ। निजी क्षेत्र धेरैमाथि थियो त्यतिबेला। सरकारी जागिरमा मेरो तलब १२ सय रुपियाँ थियो भने नबिल बैंकमा ४१ सय ५० रुपियाँ थियो।

आरआर क्याम्पसमा पहिलो वर्ष पढेको थिएँ। दोस्रो वर्ष महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना गरेर पहिलो र दोस्रो वर्षको जाँच एकैपटक दिए।
मैले अंग्रेजी र अर्थशास्त्र पढेको थिएँ। मेरो उद्देश्य नै गाउँमा गएर अंग्रेजी शिक्षक बन्नु थियो। एक जना अंग्रेजी शिक्षक हुनुहुन्थ्यो, उहाँकै प्रेरणबाट मलाई अंग्रेजी भाषामा एकदमै रुची भयो र अंग्रेजी शिक्षक बन्ने रहर पलाएको थियो।

तर, जागिर खाए बैंकमा। त्यतिबेला बैंकको जाँचमा गणित, सामान्य ज्ञान र अंग्रेजीको प्रश्न सोधिएको थियो। त्यो मलाई आउने रहेछ र पास भइहाले। तर, मलाई न डेबिट क्रेडिट आउथ्यो, न त व्यालेन्सिट नै। मलाई बंैकिङसम्बन्धी केही पनि आउँदैन थियो।

अब नबिल बैंकमा जागिर खान शुरू गरिसकेपछि साथीहरू कहिले ब्यालेन्सिटको कुरा गर्छन्, कहिले रेसियो एनालाइसिसको कुरा गर्छन, कहिले प्रोफिट एन्ड लस एकाउन्टको कुरा गर्छन्, मलाई केही पनि थाहा थिएन। म त केही पनि नबुझ्ने। यसरी त हुँदैन भनेर म एमबीएमा भर्ना भएँं।

नबिल बैंकमा मैले प्लस टु लेभल पास गरिसकेपछि मिल्ने असिस्टेन्टको जागिरबाट शुरू गरेको थिएं। अहिले भए जुनिअर असिस्टेन्ट हुन्थ्यो होला, त्यो बेलामा असिस्टेन्ट डेभलपमेन्ट थियो। विराटनगरमा एमबीए पढ्दै थिएंँ काठमाडौं सरुवा भयो।

र, दोस्रँे वर्ष नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्ययन गरेंँ। नबिल बैंकमा म एकदमै भाग्यमानी ठहरिए, जहिले जहिले प्रमोसन खुल्थ्यो, त्यहिले त्यहिले म प्रमोसन हुन्थे। वास्तवमा सन् १९९१ डिसेम्बरमा मैले असिस्टेन्टबाट शुरु गरेको सन् १९९७ को जुलाईमा त म असिस्टेन्ट म्यानेजर भएंँ। मेरो प्रमोसन एकदमै चाँडो भयो। सन् २०१० मा त म एजीएम भइसकेको थिए।

३९ वर्षको उमेरमा म एजीएम भैसकेको थिए। यति चाँडै एजीएम हुन एकदमै गाह्रो थियो। तर, मलाई भाग्यले साथ दिँदै गयो। म त्यस्तो ब्रिलियन्ट, आउटस्ट्याडिङ मान्छे पनि थिइन्। भाग्यले साथ दिँदै गयो प्रमोसन हुँदै गयो।

मैले इमान्दारितापूर्वक गम्भीर भएर काम गर्थे।सन् २०१३ मा म सानिमा बैंकमा आए। साढे ६ वर्ष भयो म सानिमा बैंकमा आएको। यसरी नै कार्यरत छु। नबिल बैंक प्राइभेट सेक्टरको पहिलो बैंक हो र सानिमा बैंक सबैभन्दा कान्छो वाणिज्य बैंक हो। यस्तै दुई बैंकमा काम गरें, गर्दैछु। रमाइलो छ।

तपाईं यहाँसम्म आइपुग्नुमा कसको हात रहेको छ, यसको श्रेय कसलाई दिनुहुन्छ ?

मेरो इच्छा गाउँमा गएर अंग्रेजी भाषाको शिक्षक बन्ने थियो। म बैंकर हुन्छु होला, सीईओ हुन्छु होला भन्ने कहिले पनि सोचेको थिइन। केटाकेटीमा सोचेको कुरा र यथार्थमा फरक हुने रहेछ। यसको श्रेय भन्नुभन्दा यसलाई एउटा संयोगभन्दा पनि हुन्छ।

एउटा संयोगले बैंकर भएको हँु। संसदमा खरिदारको जागिर खाँदा पनि डिग्री गर्छु अनि फर्किन्छु भन्ने सोच बनाएको थिएँ। मैले कीर्तिपुरमा बीएड पनि अंग्रेजी र अर्थशास्त्रमा भर्ना गरेको थिएँ। मेरो रामकुमार कोइराला भन्ने स्कुलको गुरु हुनुहुन्थ्यो। मैले शिक्षा शास्त्रमा भर्ना गर्दा यसको क्षेत्र सीमित हुन्छ भनेर उहाँले नै क्यान्सिल गरिदिनुभयो।

त्यसैले मैले शिक्षा शास्त्र नपढेर यता आउनुको कारण चाहिंँ रामकुमार कोइराला सरले गर्दा हो। अब अहिलेको ठाउँमा कसरी आइयो भन्ने कुरा चाहिँ, घरपरिवार, आफन्त, गुरु, साथीभाइ सबैबाट सहयोग छ।

साथै आफूले पनि मेहनत गर्दै गइयो होला अनि भाग्यले पनि साथ दिँदै आयो होला। सबै चिजको कम्बिनेसन भएर यहाँसम्म आइपुगिइयो। म भाग्यमा पनि विश्वास गर्छु। बैंकर संघमा म उपाध्यक्ष पनि नभएको मान्छे पनि अध्यक्ष भए। यो भाग्य भन्ने कुरा पनि यस्तै होला।

तपाईंको यस ‐बैंकिङ क्षेत्रको) बाहेक अन्यमा कुनै सोख छन् ?

मेरो सोख भनेको ट्राभलिङ हो। एकदमै हिड्न मन पराउँछु। सगरमाथाको वेस क्याम्पसम्म ट्रेकिङ गएको छु, अन्नपूर्णको थोरङपासमा पनि गएको छु। हाम्रो साथीहरूको गु्रप छ, मौका मिल्यो भने हिड्छौं।

मलाई सबैभन्दा बढि ट्रेकिङ, ट्राभलिङमा रुची लाग्छ। झण्डै ७० वटा जिल्ला घुमिसकेको छु र विदेशमा पनि युरोप, अमेरिका घुम्न मन लाग्छ। के कस्तो छ आफ्नै आँखाले हेर्ने, घुम्न खुब रहर लाग्छ। त्यस्तै यात्रा संस्मरणका पुस्तक पढ्न मनपर्छ। म जिम जान्न, योग गर्छु। पहिले दैनिक डेढ घण्टा नै गर्थे अहिले अलि अल्छी भएको छु।

बंैकको नेतृत्वमा पुगेपछि आफ्नो दैनिकी तथा समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?

योग त बिहान गर्ने हो। अफिसको कामले कतै गएको मौकामा १/२ दिन बिदा लिएर पनि म घुम्न निस्कन्छु। त्यस्तो पनि हुन्छ। समय भनेको आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्न सकिन्छ।

एक्लैले समय व्यवस्थापन गर्न त अलि गाह्रो हुन्छ नै त्यसैले समूह नै मिल्यो भने चाहिँ मज्जाले समय व्यवस्थापन गर्न सकिन्छ। कतिपय काम आफूले गर्ने, कतिपय काम साथीलाई गर्न लगाउने यसरी नै समय व्यवस्थापन गर्न सकिन्छ।

तपाई यहाँसम्म आइपुग्दा आफूले गरेको कुनै राम्रो काम र गल्तीलाई कसरी सम्झनुहुन्छ ? अहिले कुनैपश्चताप अहिलेसम्म भइरहेको छ ?

एकदम राम्रो काम गरे भन्नेमा चाहिँ नबिल बैंकमा काम गर्दा जहिले पनि स्यान्डर्ड चार्टर्ड पहिलो र नबिल बैंक दोस्रो स्थानमा हुन्थ्यो। हामी सबै स्टाफलाई पीडा हुन्थ्यो, किन हामी दोस्रो भइरहेका छौं ? अनि मैले मौका पाए, सबै एकजुट बनाएर काम गर्ने।

सन् २००८ मा हामीले केही नीति निर्माण गरेर अगाडि बढ्यौं। यसको १ वर्षमै नबिल बैंक पहिलो स्थानमा आयो। अहिले नबिल बैंकको छेउमा पनि पुग्दैन स्टान्डर्ड चार्टर्ड बैंक। म फाइनान्सको हेड हुँदा मेरै नेतृत्वमा योजना बनाउने मौका मिल्यो। त्यो योजना समन्वय गर्ने मौका पाएँ। एक वर्षमै पहिलो स्थानमा आउन सफल भयो। यसमा चाहिँ एकदमै गर्व लाग्छ।

अर्काे कुरा सानिमामा आउँदा सानिमा बंैक एकदमै सानो बैंकमा गएर के गर्ने, कसो गर्ने भन्ने भइरहेको थियो। कतिले त गलत निर्णय पनि भने। सानोलाई पनि ठूलो बनाउन त सकिन्छ भन्ने दुस्साहसले आएँ र अहिले सानिमा बैंक पनि टप बैंकमा पुगेको छ।

यसले पनि खुशी दिलाउँछ। अब नराम्रो चाहिँ कहिले काहिँ गलत निर्णय गरेछु जस्तो लाग्छ। अंग्रेजी साहित्यको विद्यार्थी, यता आए। कहिले काँही नरमाइलो लाग्छ। तर, पनि मेरो नियत कसैलाई पनि नराम्रो नगर्ने भएकाले त्यस्तो पश्चताप चाहिँ हुदैन।

तपाईंलाई कुन कुराले बढी आकर्षित गर्छ ?

मलाई त अनुशासित, आफ्नो कामप्रति बफादार मान्छे मन पर्छ। यो कुराले मलाई खुब आकर्षित गर्छ। जसले समयको पालना गर्दैन, जो मान्छे अनुशासित छैन त्यो मान्छेले कहिले पनि परिवर्तन गर्न सक्दैन।

परिवर्तनको शुरुवात आफंैबाट हुनुपर्छ। ठूलाप्रति आदर सद्भाव भएको, सानाप्रति माया भएको, कसैलाई पनि हेयको दृष्टिकोणले नहेर्ने मान्छे खुब मनपर्छ मलाई।

तपार्इं आफ्नो कमाईलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

मेरो बैंक डिपोजिट नै हुन्छ। त्यस्तो धेरै पैसा कमाउ भनेर कहिले पनि दौडेर हिँडेको छैन। मैले सामान्यतया फिक्स डिपाजिटमै राखेको छु। शेयरमा लगानी गरेको छैन। फाटफुट जग्गा किनिन्छ।

अरू मुद्दती खातामा नै राख्छु। म बैंकको सीईओ, मैले लगानीमा क्षेत्र खोज्दै हिँड्दा मैले आफ्नो बैंकप्रति अन्याय गर्न सक्छु। जबसम्म म बैंकमा कार्यरत रहन्छु तबसम्म आफ्नोभन्दा पनि बैंककै श्रीवृद्धितर्फ ध्यान केन्द्रित गर्नेछु।

तपाईंको अबको लक्ष्य के हो ?

गाउँको विद्यालयमा अंग्रेजी शिक्षक बन्ने सपना बोकेको मान्छे बंैकको सीईओ भएँ। अब मेरो खासै केही लक्ष्य छैन। बैंकिङ क्षेत्रमा लामो समय काम गरियो। अब दुई वर्षपछि रिटायर्ड हुन्छ।

म गाउँबाट काठमाडौं आउँदा जम्मा २ हजार रुपियाँ लिएर आएको हुँ। काठमाडौंको कुमारी इग्लिस स्कुल जोरपाटमा टिचिङ पनि गरेँ। जागीर गर्दै पढाइ गर्दै गर्दा खरिदारमा पास भएर संसद सचिवालयमा सरकारी जागिर पनि भएँ।

शुरुमा काम गर्दा मेरो तलब ३ सय, ६ सय पनि थियो। अबको २ वर्ष पछि रिटायर्ड भइन्छ अनि पढ्ने इच्छा छ। पहिले जागिर खाँदै पढ्दै गर्दा राम्रँेसँग पढ्न पाइन, त्यसैले अब दुई वर्ष मज्जाले विद्यार्थी भएर पढ्ने रहर छ। त्यसपछि बंैकिङसम्बन्धी रिसर्च गर्ने मन छ। यसर्थ, रिटायर्डपछि पनि बैंकिङ संघसँग मिलेर बैंकिङ क्षेत्रलाई अझ कसरी राम्रो बनाउने भन्नेतर्फ लाग्ने छु। यसमै समय बिताउँछु होला।

तपाईंको नेतृत्वमा रहेको सानिमा बैंकबाटै ग्राहकले किन सेवा लिने, अरूभन्दा के फरक छ ?

यहाँ २७ वटा बैंक छन्, अथवा वित्तीय संस्था छन्। यहाँहरूले हेर्नुहोला र हेरेर निर्णय लिनु होला। हामी स्माइलिङ फेससहित चाँडो सर्भिस दिन्छौं। हाम्रो सानिमा बैंकमा ठगी, छली भन्ने जस्तो केही हँुदैन। हामीले अफर लेटरमा जे लेखेका हुन्छौं त्यही पालना गर्छौ।

हामी यहाँसग जुन सर्त हुन्छ त्यही अनुसार काम गर्छाै। हामी ग्राहकलाई राम्रो सेवा दिन सधै तत्पर छौं। मान्छेबाट गल्ती हुन्छ, हामीसँग पनि केही गल्ती, त्रुटी छन् भने त्यसलाई सच्याएर अगाडि बढ्छौं। हाम्रो सानिमा बैंक निश्कृय कर्जाको हिसाबले सबैभन्दा निश्कृय कर्जा हुने बैंक हो।

क्यापिटल रिसोर्स पनि एकदमै राम्रो छ। सानिमा एकदमै बलियो बैंक होे। अरू बैंक पनि राम्रा छन्, सानिमा बैंक मात्रै राम्रो भनेको होइन। हामी राम्रोमध्येका हौं, अरू बैंकलाई यहाँहरूले हेर्नुहोला। जुन बैंक राम्रो छ, त्यही बैंकबाट सेवन लिनसकिन्छ। सानिमा बैंकको बारेमा भन्नुपर्दा निश्कृय कर्जा कम छ, हामी सुशासनमा बस्छौं, राम्रो सेवा दिन सधैं तत्पर छौं।

अरू बैंकले पनि प्रयास गरिरहनु भएको होला, कोीह बैंक हामीभन्दा राम्रो पनि हुनुहुन्छ होला।म अरू बैंकसँग तुलना गर्न चाहँदैन। म के मात्र भन्न चाहन्छु भने सानिमा बैंक सबल र विश्वसनीय छ। यसले ग्राहकलाई जे बोल्छ त्यो गर्छ।

बैंकिङ क्षेत्रमा करिअर बनाउन खोज्ने युवालाई के भन्नुहुन्छ ?

केही पनि गाह्रो छैन। बैंकिङ क्षेत्र भनेको कुनै रकेट साइन्स होइन। म्यानेजमेन्ट, स्टाटिक्टिस, अकाउन्टिङ आदि जस्ता बेसिक चिजमा ज्ञान हुनुपर्छ। मेहनत गरेर पढ्नुस्, बैंकमा जाँच दिनुस्, अवश्य पास हुनुहुनेछ। मेहनत, लगनशीलता, इमान्दारिता भएको मान्छे सफल हुन्छ।

नेपालका सीमित क्षेत्रमध्ये बैंकिङ क्षेत्र झण्डै इन्टरनेसनल स्टान्र्डडको छ। यो क्षेत्र एकदमै राम्रो छ। हामी राम्रो हँुदाहँुदै पनि सुधार गर्नुपर्ने केही पक्ष हुन्छन्, त्यसतर्फ पनि ध्यान पु¥याउनुपर्ने हुन्छ।

त्यसैले यसमा हामी अझै सुधार गरेर अगाडि बढ्नेतर्फ लाग्नेछौं। बैंकिङ क्षेत्र एकदमै राम्रो छ। र, यसलाई अझै राम्रो बनाउन सबै जनाको सद्भाव चाहिन्छ। गल्ीतलाई हामी सच्याउछौं। तर, यहाँहरूले हामीलाई स्वस्थ आलोचना गरिदिनु होला।

 

प्रतिक्रिया दिनुहोस्