याद गर्नुहोस्, तपाँईको मोवाइलबाट फोटो यसरी चोरी हुनसक्छ



काठमाडौँ ।

गुगलले यस वर्ष मात्र एक हजारभन्दा बढी एप्स प्लेस्टोरबाट हटाएको छ। यसमध्ये केही एडवेयर, मालवेयर थिए भने केहीले थाहा नपाइकन फोनको कुराकानी रेकर्ड गर्थ्यो वा स्थान पत्ता लगाउथ्यो।
तपाईंको फोनबाट फोटो चोर्ने २९ वटा एप्सका बारेमा यहाँ चर्चा गर्न खोजिएको हो।

गुगलले प्लेस्टोरबाट यी एप हटाए पनि तपाईंले आफ्नो फोनबाट यी एप नहटाएसम्म जोखिम रहिरहन्छ ।

गुगलले सेल्फी क्यामरा प्रो, प्रो क्यामरा ब्युटी,प्रिज्मा फोटो इफेक्ट, फोटो इडिटर, फोटो आर्ट इफेक्ट, होराइजन ब्युटी क्यामरा, कार्टुन फोटो फिल्टर, कार्टुन इफेक्ट, कार्टुन आर्ट फोटोज, कार्टुन आर्ट फोटो, कार्टुन आर्ट फोटो फिल्टर, असम कार्टुन आर्ट, आर्ट फ्लिप फोटो इडिटिङ, आर्ट फिल्टर, आर्ट फिल्टर फोटो, आर्ट फिल्टर फोटो इफेक्ट, आर्ट फिल्टर फोटो इडिटर, आर्ट इफेक्ट्स फर फोटो, आर्ट इडिटर, वालपेपर्स एचडी, सुपर क्यामरा, पिक्स्चर, म्याजिक आर्ट, फिल्टर फोटो इडिटर, फिल आर्ट फोटो इडिटर, इमोजी क्यामरा, ब्युटी क्यामरा, आर्टिस्टिक इफेक्ट फिल्टर,फोटो आर्ट इफेक्ट पिक इडिटर, आर्ट इफेक्ट जस्ता २९ एप्सलाइ हटाएको हो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्