अत्यधिक यौन चाहना भएकै कारण हाँसको लिङ्ग हटाउनुपरेपछि…



अत्यधिक यौन चाहना भएकै कारण डेभ नामक एक हाँसको लिङ्ग हटाउनुपरेको छ । डेभका मालिक जोस वाट्सनका अनुसार उक्त हाँसले आफ्रना महिला साथीहरू डोरा, एडिथ र फ्रेडासँग एकैदिनमा १० पटकसम्म सम्भोग गर्ने गरेको छ । जसले गर्दा डेभ आफैमा घाउ र एक नराम्रो संक्रमण समेत देखिएको थियो ।

यसै कारण आफूले पालेको हाँसको लिङ्गनै निकाल्नु परेको वाट्सनले बताएका छन् । डेभको गुप्ताङ्गमा घाउ र संक्रमण देखिएपछि पशुविज्ञले एन्टिबायोटिक औषधी सिफारिश गरिदिएका थिए । चिकित्सकले भन बमोजिम वाट्सनले दैनिक रूपमा डेभको गुप्ताङ्गमा औषधी लगाईदिने र धोइदिने गरिरहेका थिए ।

तर, यती हुँदासम्म पनि डेभ उत्तेजित हुन नछाडेपछि, चिन्तित मालिकले चिकित्सकको सुझाव अनुसार यस्तो निर्णय लिनुपरेको बताए ।

अपरेशन पछि भने डेभ चिन्तित मुद्रामा रहेको चिकित्सकले बताए । डेभसँगै उसका महिला साथीहरु पनि चिन्तित देखिएको वाट्सनले बताएका छन् । ऐजेन्सी

प्रतिक्रिया दिनुहोस्