हेप्नी !



भनिन्छ– तस्वीर आफैं बोल्छ। आफैं बोल्ने भएर हो क्यार दुई दिनयता सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल भा’छ।

भाइरल भएको तस्वीर साग खेलका मेडलधारी खेडालीको हैन। न राष्ट्रपति, न प्रधानमन्त्री त्यै पनि उनी सुपरहिट भा’छन्।

उनलाई पहिर्याएको माला हो कि नयाँ स्टाइलको ब्ल्यांकेट, छुट्याउनै गाह्रो। यी पात्र ठम्याउन धरहरालाई निकै समय लाग्यो। बल्ल पत्ता लाग्यो उनी रै’छन् वर्तमान सरकारका ‘आलोचना मन्त्री’।

हरेक साता, हरेक महिना उनको आलोचना मात्रै भएको सुनिन्छ, त्यही भएर उनलाई ‘आलोचना मन्त्री’बाट विभूषित गरिएको हुनुपर्छ।

प्रचण्ड/ओलीले भन्दा बढी माला ओडेसी अब को छ उनलाई हेप्नी ? बाँकी कुरो तस्वीरबाटै बुझौं।

प्रतिक्रिया दिनुहोस्