राराका माछा मर्न थाले



मुगु, (नेस)।

रारा तालमा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको स्थानीयले बताएका छन्। तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको मुर्मा गाउँका बीर्खबहादुर रोकायाले बताउनुभयो।

तालमा डुंगा सवार गराउँदा मरेका माछा भेटिने उहाँले बताउनुभयो। मरेको माछा तालको किनारदेखि बीच भागमा उत्रिन थालेपछि जलेवा, हाँस र कागलगायत चराले टिपेर खान थालेका छन्। हिमपातले गर्दा वन–जंगलको विषादियुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो।

करिब २ हजार ९ सय २९ मिटर उचाइमा रहेको रारा तालमा असला माछा मरेको यो पहिलो घटना हो। रारामा माछा मरेको बारे सबै सरोकारवाला निकायलाई जानकारी गराए पनि माछा बचाउन पहल नभएको राराका स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्