नगरका मुख्य सडक कालोपत्रे गरिने



नेपाल समाचारपत्र, लमजुङ।

राइनास नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकहरू कालोपत्रे हुने भएका छन्। गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको सहयोगमा पूर्वीलमजुङको सडक कालोपत्रे गरिने भएको हो।

प्रदेशका ८५ वटा स्थानीय तहका सडक कालोपत्रे गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै लक्ष्य पूरा भए प्रदेशका नागरिक धुलाम्मे र हिलाम्मे सडकबाट मुक्त हुने उहाँले बताउनुभयो।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत पहिलो चरणमा नेपाल डाँडा–तार्कुघाट–बोरङखोला १० किलोमिटर सडक कालोपत्रे गरिने भएको छ।

सडकको शनिबार शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समयमै काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ। प्रदेशका ८५ वटा स्थानीय तहका सडक कालोपत्रे गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै लक्ष्य पूरा भए प्रदेशका नागरिक धुलाम्मे र हिलाम्मे सडकबाट मुक्त हुने उहाँले बताउनुभयो।

तनहुँको भानु नगरपालिका–१० नेपाल डाँडाबाट राइनास नगरपालिकाको तार्कुघाट, धमिलीकुवाहुँदै टिमुरे बोरङखोलासम्मको सडकमा सात मिटर पप्रदेशका ८५ वटा स्थानीय तहका सडक कालोपत्रे गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै लक्ष्य पूरा भए प्रदेशका नागरिक धुलाम्मे र हिलाम्मे सडकबाट मुक्त हुने उहाँले बताउनुभयो।
फराकिलो कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालय लमजुङ नगरपालिकाका प्रमुख राम पराजुलीले बताउनुभयो। कालोपत्रे १ मंसिर ०७८ भित्रमा सम्पन्न गर्ने गरी लामा कन्सट्रक्सनसँग २ मंसिर ०७६ मा सम्झौता भएको छ।

सडक निर्माणको लागत २८ करोड ८४ लाख ८३ हजार १ सय ८७ रुपियाँ रहेको छ। सडक कालोपत्रे भएपछि राइनास नगरपालिकामा रहेको राइनासकोट होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने राइनासका मेयर सिंहबहादुर थापाको अपेक्षा छ। उक्त सडकबाट दूधपोखरी गाउँपालिकाका स्थानीय पनि लाभान्वित हुनेछन्।

प्रतिक्रिया दिनुहोस्