अक्षय र करिनाको ‘गुड न्यूज’ को बक्स अफिसमा धमाका



न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको बलिउड चलचित्र ‘गुड न्यूज’ले बक्स अफिसमा धमाका गरेको छ । समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन् । यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ ।

यो चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो । शनिबार भने चलचित्रको व्यापार २१.७८ करोड छ । चलचित्रले दुइ दिनमा करिब ४० करोडको व्यापार गरेको छ । चलचित्रको विकेन्ड कलेक्शन ६५ करोड भन्दा माथिको रहने अपेक्षा गरिएको छ ।

अक्षय कुमार, करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रका पटकथा शक्तिशाली छ । चलचित्रले सन्तानको प्रतिक्षामा रहेका दुई परिवारको कथालाई भन्छ । नायिका करिना कपुरको अभिनयको सर्वत्र प्रशंसा भैरहेको छ ।

यो चलचित्र रिलिज भएसँगै डिसेम्बर २० मा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’को व्यापार भने निकै नै कमजोर देखिएको छ । चलचित्रको लाइफ टाइम कलेक्शन १५० करोड पनि नपुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्