सिभिरा मिस मंगोल २०१९



मिस मंगोल नेपाल–२०१९ को ताज ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले चुमेकी छन्। शीर्ष उपाधिसहित १ लाख रुपियाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधिलाई पनि आफ्नो बनाइन्।

प्रतियोगितामा रोल्पाकी रेनुका पुनले फस्ट रनर्सअपसहित मिस मंगोल स्टेट–५ को उपाधि जितिन् भने काठमाडौंकी यजु कर्माचार्य सेकेन्ड रनर्सअप भइन्।

प्रतियोगितामा तेह्रथुमकी अपेक्षा लिम्बु मिस मंगोल स्टेट–१, धनुषाकी समीक्षा सिधाली मिस मंगोल स्टेट–२, काठमाडौंकी रीतिका स्याङ्तान मिस मंगोल स्टेट–३, गोरखाकी पूजा मगर मिस मंगोल स्टेट–४ र रोल्पाकी रेनुका पुन स्टेट–५ घोषित भए।

प्रतियोगितामा नेपाली सेनाका पूर्वउपरथी होमकुमार लाओती प्रमुख निर्णायक थिए भने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य अशोक लोहोरुङ राई र पूर्वप्राज्ञ परिषद् सदस्य माधव प्रधान, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आले मगर, र मिस मंगोल नेपाल–२०१५ डा. निमा पुन निर्णायक रहेका थिए।

कार्यक्रममा फोटोग्राफर राजभाइ सुवाल, हेयर स्टाइलिस नील डेभिड कटुवाल र कोरियोग्राफर रोजिन शाक्यलाई मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्