महिन्द्राको ‘एक्सयूभी–३००’ अब बुटवलमा पनि



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरूको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ बुटवलमा पनि बिक्री शुरू गरेको छ। यसअघि कम्पनीले काठमाडौं र गण्डकी प्रदेशमा बिक्री गरिसकेको छ।

यस गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्यकगाल्कर र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो।

यसमा आकर्षक सनरूफको साथै, एलईडी डेटाइम रनिङ–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन्।

यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अप्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ। नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार र डब्लु ८ (अप्शनल) वर्गका लागि रु ५६ लाख ५० हजार, त्यस्तै गरि डिजेलमाडब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार, डब्लु ६ वर्गका लागि ४५ लाख, डब्लु ८ वर्गका लागि रु ५१ लाख ५० हजार र डब्लु ८ (अप्सनल)वर्गका लागि ५७ लाख २५ लाख रुपियाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्