‘बीमा कम्पनीहरूलाई फोर्स मर्जरमा ल्याउनु नपरोस्’



चिरञ्जीवी चापागाईं
अध्यक्ष, बीमा समिति

पछिल्लो समय बीमा बजार उकालो लागिरहेको छ । सरकारको साथका कारण बीमा समिति पनि आक्रामक ढंगले बीमाको पहुँच बिस्तारमा लागि परेको छ । बेलाबखत बीमा समितिले बीमा कम्पनीहरूमा मर्जरको पनि कुरा उठाउने गरेको छ । बीमा कम्पनीहरूको अहिलेको अवस्था, मर्जरको औचित्य, बीमा समितिको कार्यक्रम तथा आगामी रणनीतिक योजनाबारे नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसँग गरेको कुराकानी:

अहिलेको अवस्थामा बीमा बजार कसरी अगाडि बढिरहेको छ ?

बीमा बजार दुई वर्षदेखि आफ्नो वृद्धिको दर मेन्टेन गरेर त्यही गतिमा अगाडि बढिरहेको छ । हाम्रो तथ्यांक हेर्ने हो भने जीवन बीमा ४० प्रतिशतमा अगाडि बढिरहेको छ । निर्जीवन बीमा २० प्रतिशतमा अगाडि बढिरहेको छ ।

समग्रमा हेर्ने हो भने कार्तिकसम्मको तथ्यांकले २२ प्रतिशत पुगेको छ । वैदेशिक रोजगारीलाई हेर्दा करिब २७ प्रतिशतसम्म पुग्छौं । यसरी हेर्दा बीमा कम्पनीहरूको ग्रोथ राम्रो छ ।

सित्तैमा बीमा होइन प्रिमियम कुन कम्पनीले तिरेका छन्, उसैले प्रिमियम हामी आफैंले तिरेको भनेर लागू गर्नुस् भनेर भनेका छौं । त्यो गर्दागर्दै पनि उनीहरू त्योभित्र आएनन् । त्यसपछि हामीले यसभन्दा अगाडिको बैंकास्योरेन्स सबै बन्द गर्नुस्, अबको तपाईंहरूले गरे गर्नुस् नगरे नगर्नुस् भनेर भनिदिएका छौं ।

जीवन बीमा ४० पुग्दा निर्जीवन बीमा चाहिँ २० प्रतिशतमात्रै किन भएको होला ?

जीवन बीमालाई मानिसले लगानी अवसरको रुपमा हेर्यो, ट्रम प्रोडक्टहरू जीवन बीमाको हेर्यो भने जम्मा ९÷१० प्रतिशत मात्र छ । र इन्टरमेट प्रोडक्ट नै ७०÷८० प्रतिशत छन् । वास्तवमा बीमा भनेको रिक्स ट्रान्सफर हो । जोखिम बहन गर्नुपर्ने हो ।

तर, हामी कहाँ के भयो भने जोखिमका साथसाथै दुवैसँगै हुने खालका पपुलेसन प्रोडक्टहरु जुन इन्टरमेड प्रोडक्टहरु म्याचुअर भइसकेपछि बोनस पनि पाउने, हिँड्न पनि पाउने, बीचमा मृत्यु भयो या केही भयो भने पनि पाउने भएकाले यो धेरै पपुलर भयो । निर्जीवन बीमामा चाहिँ जसलाई क्षति भयो उसले मात्र पाउने भयो, त्यो लगानी गरेको रकम फिर्ता हुँदैन ।

मानिसमा फिर्ता हुँदैन किन गर्ने ? हामीले आफ्नो रिस्क आफैं धानिहालेका छौं, किन बीमा गर्ने भन्ने धारणा कायमै छ । यसकारण हामीले बीमा संस्कृति परिवर्तन गर्न जीवन बीमामा सक्यौं तर निर्जीवन बीमाका गाह्रो भयो । त्यो कारणले गर्दा जीवन बीमाा ४० प्रतिशत हुँदा निर्जीवन बीमा २० प्रतिशत भयो ।

बैंकिङ क्षेत्रमा जस्तै बीमामा पनि मर्जरको कुरा समय समयमा आइरहन्छन्, के छ अवस्था ?

बीमा कम्पनीहरूको संख्या बढी भएर हामीले मर्जरमा जाने भनेको होइन । अहिले जीवन बीमातर्फ १० वटा कम्पनी नयाँ लाइसेन्स प्राप्त छन् । अन्य ९ वटा पुराना कम्पनी हुन् । नयाँ कम्पनीहरूले पनि आफ्नो ग्रोथ पकडिराखेको छ । त्यसकारण उनीहरूको त्यस्तो राम्रो ग्रोथ, मार्केट छ नाफामुखी हुँदाहुँदै मर्जरमा जानुपर्ने कारणहरू उनीहरूले देखेनन् । कम्पनीहरूको चुक्ता पुँजी हामीले तोकिसकेका छौं ।

पुराना कम्पनीले पुँजी पुर्याउन नसके मर्ज हुने हो । ती कम्पनीहरूले पनि पुँजी पुर्याइसके । व्यवसाय पनि छ, क्यापिटल पनि पुगेको छ भनेपछि जीवन बीमा कम्पनीले मर्जको आवश्यकता देखेनन् । त्यसैले उनीहरूले आफ्नै सुरमा काम गरेका छन् । फेरि हामीले अर्को निर्देशन जीवन बीमा कम्पनीलाई अवसरको रूपमा टेक्निकल रिजर्भको निश्चित रकम मात्र हामीले भनेको क्षेत्रमा लगानी गर्ने र बाँकी रकम उनीहरूले आफ्नै हिसाबले लगानी गर्न पाउने किसिमको लगानी निर्देशिका बनाएका छौं ।

जसको कारणले आगामी दिनमा जीवन बीमा कम्पनीहरूले संकलन गरेको पैसा पूर्वाधारको क्षेत्रमा दीर्घकालीन रूपमा पनि लगानी गर्न पाउने भए । त्यो कारणले उनीहरूले लगानी नाफाबाट पनि पोलिसी होल्डरलाई नाफा दिन सक्छौं भन्ने सोचेका छन् । यो सबै हेर्दा अहिले जीवन बीमामा राम्रो छ । त्यसकारण मर्जरको कुरा भएन ।

यस्तै निर्जीवन बीमामा पहिला एउटा बिजनेस हाउसले आफ्नो विजनेस चलाउनका निम्ति लाइसेन्स लिएका हुन् । मेरो यति बिजनेस भयो भने इन्स्योरेन्समा लगानी गर्ने हो भनेर कम्पनीहरू २५ करोड लगानीमा खोलिएका हुन् । अहिले त पुँजी बढ्यो । यसका साथै बिजनेस पनि बढ्यो । त्यसकारण यो १ अर्ब पनि फिजिकल हो कि भन्ने लागिरहेको छ । त्य

सकारण उनीहरू एग्रेसिभ्ली मर्जरमा आउन चाहेको देखिँदैन । नियामक निकायका रूपमा भन्नुपर्दा अहिले क्रस होल्डिङ भएका बीमा कम्पनीभित्र मर्जर आवश्यक छ । अहिले बीमाको कानुन संसद्मा छ । त्यो पास भएपछि कुनै न कुनै समयमा हामीले त्यस्ता कम्पनीलाई फोर्स मर्जरको दायरामा ल्याउनु नपरोस् भन्ने हाम्रो चाहना हो ।

बीमा कम्पनीहरूको संख्या बढी भएर हामीले मर्जरमा जाने भनेको होइन । अहिले जीवन बीमातर्फ १० वटा कम्पनी नयाँ लाइसेन्स प्राप्त छन् । अन्य ९ वटा पुराना कम्पनी हुन् । नयाँ कम्पनीहरूले पनि आफ्नो ग्रोथ पकडिराखेको छ । त्यसकारण उनीहरूको त्यस्तो राम्रो ग्रोथ, मार्केट छ नाफामुखी हुँदाहुँदै मर्जरमा जानुपर्ने कारणहरू उनीहरूले देखेनन् । कम्पनीहरूको चुक्ता पुँजी हामीले तोकिसकेका छौं । पुराना कम्पनीले पुँजी पुर्याउन नसके मर्ज हुने हो । ती कम्पनीहरूले पनि पुँजी पुर्याइसके । व्यवसाय पनि छ, क्यापिटल पनि पुगेको छ भनेपछि जीवन बीमा कम्पनीले मर्जको आवश्यकता देखेनन् ।

बैंकास्योरेन्स सम्बन्धी समस्या के हो ?

बैंकहरूले अहिले प्रचार प्रसार गरिरहेका छन् कि २ करोडसम्मको दुर्घटना बीमा । यो हुने चिज हो त ? उनीहरूले परिवारको समेत जोड्दै जोड्दै लगेर त्यसो गरे । त्यस्तै उनीले ५० हजारसम्म न्यूनतम् रकम राख्यो भने तपाईंहरूलाई यस्तो सेवा सुविधा दिन्छु भनेका छन्, अधिकांश बैंकहरूले ।

त्यो सेवा सुविधाभित्र १० लाखसम्म दुर्घटना बीमा, १ लाखसम्म क्यास हस्पिटलाइजेसन बीमा, जुन उनीहरूले दिए नि, त्यो त निक्षेपकर्ताको रकमको ब्याज हिसाब गरेर दिएका हुन् । तर, प्रचार कस्तो भइदियो भने, बैंकमा खाता खोल्ने बित्तिकै मेरो डेढ करोड रकम हुन्छ भन्ने खालका । यस्तो पनि प्रचार गर्ने हो त ? त्यसकारण बैंकास्योरेन्स बन्द त होइन नियन्त्रण गर्न खोजेका हौं ।

हामीले के भनेका छौं भने १० लाखसम्मको तपाईं दुर्घटना बीमा गर्न सक्नुहुन्छ, १० लाखसम्म घातक रोगको बीमा गर्न सक्नुहुन्छ । र, एक लाखसम्म तपाईंले औषधोपचार बीमा गर्न सक्नुहुन्छ । जीवन बीमातर्फ बीमाको दर सबै हिसाब गरिएको हुन्छ । निर्जीवन बीमातर्फ हामीले तोकिदिएका छौं ।

५ लाखदेखि १० लाखसम्म बचाउनुहुन्छ भने ५० प्रतिशत छुट पाउँछ भनेर तोकिदिएका छौं ।अब सित्तैमा बीमा होइन प्रिमियम कुन कम्पनीले तिरेका छन्, उसैले प्रिमियम हामी आफैंले तिरेको भनेर लागू गर्नुस् भनेर भनेका छौं । त्यो गर्दागर्दै पनि उनीहरू त्योभित्र आएनन् । त्यसपछि हामीले यसभन्दा अगाडिको बैंकास्योरेन्स सबै बन्द गर्नुस्, अबको तपाईंहरूले गरे गर्नुस् नगरे नगर्नुस् भनेर भनिदिएका छौं ।

पछिल्लो समय बीमा कम्पनीमा दाबी भुक्तानीको समस्या कत्तिको देखिन्छ ?

अहिले बीमा कम्पनीहरूमा दाबी भुक्तानीको समस्या त्यति छ जस्तो मलाई लाग्दैन । कम्पनीहरूले राम्रैसँग पेमेन्ट गरिरहेका छन् । दाबी रेसियो ७० प्रतिशतको अनुपातमा छ । हामीले बीमा गुनासोको सुनुवाई गर्ने कामलाई पनि तीव्रता दिएका छौं । यो

वर्ष नै हामीले करिब १०० वटा मुद्दाको फैसला गरिसकेका छौं । अब धेरै मुद्दा फैसला गर्न बाँकी छैन । मैले के भन्छु भने यदी कुनै कम्पनीले बीमितलाई दाबी भुक्तानी गरेको छैन भने हामीलाई भन्नुहोस्, हामीले व्यवस्था गर्नुहोस् ।

फर्जी दाबीको समस्या कस्तो देख्नु हुन्छ ?

यस्तो भइरहेको हुन्छ । फर्जी दाबी भएको पाएमा हामीले हराइदिएका हुन्छौं । त्यसपछि कतिपय बीमित अदालत जान्छन्, त्यहाँ पनि हार्छन् । यस्तो हुन्छ कहिलेकाहीँ ।

संघीयता लागू भएपछि स्थानीय तहहरूमा पनि शाखा कार्यालयहरू लैजाने योजना केही समयअघि सुनाउनु भएको थियो । के भइरहेको छ ?

बीमा समिति संघीय सरकारसँगै हुने हो । हामीले प्रादेशिक तहमा शाखा कार्यालय राख्न सक्छौं । प्रदेश सरकारसँग समन्वय गरेर सामान्य खालका समस्यालाई, बीमा अभिकर्ताको लाइसेन्सिङ कुरालाई काम गर्ने विषयमा हामीले सोचेका छौं । अहिले ऐन आउला र गरौंला भनेर हामी बसेका छौं । ऐन नआए पनि हामीले आगामी आर्थिक वर्षदेखि गर्ने सोच बनाएका छौं ।

भूकम्पपछि बीमा गर्नेहरूको संख्या बढेको छ । यसले बीमाको पहुँच कत्तिको बढेको देखिन्छ ?

भूकम्पका कारण ३ सय ६० जनाको मृत्यु भयो ।अब यसले बीमामा वृद्धि भयो भन्ने पक्षमा म छैन । पछिल्लो समय बीमा समितिलगायतको सहकार्यमा बीमाको पहँुचमा वृद्धि भएको हो ।
भूकम्पपछि निर्जीवन बीमामा वृद्धि हुनुपर्ने हो ।

तर, त्यसो भएको छैन । आजको दिनमा पनि केही मान्छे स्वइच्छाले आफ्नो सम्पत्तिको बीमा गर्ने खालको आएको छैन । कसैले बैंकबाट कर्जा लिएमा बीमा गर्ने, बाध्यकारी भएकाले तेस्रो पक्ष बीमा गर्ने जस्ता प्रवृति देखिएको छ ।

बीमाको पहुँच वृद्धि गर्न बीमा समितिले के गर्दैछ ?

भर्खरै हामीले ७७ वटै जिल्लामा शाखारहित घुम्ती बीमा भन्ने कार्यक्रमसहित निर्जीवन बीमाअन्तर्गत कृषि बीमामा व्यवस्था गरिएको छ । यो अनिवार्य रूपमा लागू गर्दैछन् कम्पनीहरूले । अब घुम्ती बीमाले माइक्रो इन्स्योरेन्सलाई बढवा दिन्छ भन्ने बीमा समितिको विश्वास छ ।

साथसाथै बीमा कम्पनीले घुम्ती बीमाका लागि भ्यान आवश्यक हुने भनिरहेका छन्, हामीले त्यसको पनि व्यवस्था गर्दैछौं । हामीले निर्देशिका जारी गरिसकेको हुनाले यसबारे छिट्टै कम्पनीहरू अघि बढ्छन् ।

जीवन बीमाको हकमा भने हामीले केही कामहरू गर्दैछन् । सिमावर्ती क्षेत्रमा विदेशमा बीमा भएको भन्ने सुन्नमा आएअनुसार मुख्य नाकामा होर्डिङ बोर्ड राख्ने, घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रमसहित निर्देशिका जारी गरिसकेका छौं । यससँगै हामीले नियमन गर्ने, बीमा क्षेत्रको विकासका लागि गर्नुपर्ने नियमित काम गर्ने, प्रचारप्रसार गर्ने कामहरू गर्दैछन् ।

बीमा समितिको आगामी योजना के छ ?

हाम्रो आगामी रणनीति भनेको भइरहेको ग्रोथलाई निरन्तरता दिने हो । त्यसका लागि विद्यार्थीसँग बीमा समिति, स्थानीय सरकारसँग बीमा समितिजस्ता कार्यक्रम सञ्चालन गर्दै जान्छौं । यस्तै संस्थाको गुड गभर्नेन्स कायम गर्नका लागि अन्तरिक प्रणालीलाई बलियो बनाउँदैछौं । आफ्नै इन्टरनल कन्ट्रोल सिस्टम बनाउँदै छौं । विभिन्न तालिम सञ्चालन गरिरहेका छौं । अफ साइड निरीक्षण गरिरहेका छौं । सुशासनलाई अझै बलियो बनाउनेतर्फ हामी आगामी रणनीति तय गर्दछौं ।

ब्रेकर

 

प्रतिक्रिया दिनुहोस्