गीतका फ्यान



नायक भुवन केसी नेपाली सिने क्षेत्रका सफल कलाकार/निर्माता मानिन्छन्। गर्लफ्रेन्ड जोड्न माहिर उनी घरवारमा भने असफल सूचीमा छन्।

फिल्म निर्माता/वितरक छवी ओझा व्यवसायमा सफल बनेपनि घरवारको छवी सँधै धमिलो बन्या छ। रेखा त्यही लाइनकी भइन्, बिग्रिएको घरवार सम्हाल्न पुग्या शिल्पाको त्यही हाल भो।
यी पात्र केही उदाहरण मात्रै हुन्, यो माम्लामा कलाकारको सूची निकै लामो छ। यस्तै लाइनमा थपिया छन् गायक रामकृष्ण। बुधबार उनी कानूनी रूपमा पत्नी निलमसँग छुट्टिएका छन्।

मिलन भन्दा बढी विछोडका गीत गाएर चर्चामा आएका ढकाललाई यति बेला आफ्नै गीतले गिज्याइरहेछ। उनको घरवार ओराली लाग्या हरिणको चालझै भाकोछ।

सम्बन्ध विच्छेदको चुरो कुरो केही दिनमा बाहिर आउने नै छ। तर धरहराले बुझ्या कुरो घाँटी हेरी हाड निल्न नसक्दा ढकाल दम्पत्तिको घरवारमा झड्का लाग्या हो।

‘आम्दानी आठआनी खर्च रुपियाँ’ भएसी ढकाल दम्पत्ति मात्रै होइन धेरै कलाकार र व्यवसायीसमेत ढकालका विरही गीत गुनगुनाउन बाध्य भाकाछन्।

प्रतिक्रिया दिनुहोस्