विप्लवका जिल्ला संयोजक पक्राउ



लमजुङ, (नेस)।

लमजुङ प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक युवा नेता पक्राउ गरेका छन्। विप्लव नेतृत्वको युवा संगठनका लमजुङ संयोजक एवं पार्टीको जिल्ला कमिटी सदस्य ३३ वर्षीय रबिन्द्र नखोलालाई प्रहरीले पक्राउ गरेको हो।

लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार राइनास नगरपालिका–६, धमिलिकुवाको उनकै घर छेउछाउबाट मंगलबार राती नखोलालाई पक्राउ गरिएको हो।

आफ्नै घरमा लुकीछिपी बसेका अबस्थामा विप्लव माओवादीसँग सम्बन्धित पार्टीको सदस्यता नविकरण फारम र आवेदन फारमसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

नखोलालाई अभद्र व्यवहार गरेको अभियोग लगाइएको छ। बुधबार उनी विरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको र जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
नखोला घरतर्फ आएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको थियो। प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई खोजी तिब्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्