बुल्म प्राविलाई शैक्षिक सामग्री प्रदान



नेपाल समाचारपत्र, गुल्मी।

इस्मा गाउँपालिका–६ अम्मरपुरको बुल्म आधारभुत विद्यालय र बुल्म युवा क्लबलाई भक्तपुरको संस्थाले सहयोग गरेको छ। मध्यपुर ठिमी भक्तपुरको ल्यायामह्पुछ सस्थाले बुल्म आभारभूत विद्यालयका ८० जना विद्यार्थीलाई पोशाक, शैक्षिक, खेलकुद सामग्री तथा प्राथमिक स्वास्थ्य उपचारका सामग्री प्रदान गरेको हो।

ल्यायामह्पुछ मध्येपुर ठिमी भक्तपुरका अध्यक्ष जुन श्रेष्ठले विद्यालयका प्रधानाध्यापक बमबहादुर थापालाई सामग्री हस्तान्तरण गर्नुभयो।साथै बुल्म युवा क्लबलाई पनि संस्थाले खेलकुदका सामग्री प्रदान गरेको छ।

बुल्म आधारभूत प्राथमिक विद्यालयमा सबै कुमाल समुदायका बालबालिका अध्ययन गर्दै आएका छन्। गरिब तथा बिपन्न कुमाल समुदायका बालबालिकालाई भक्तपुरबाट आएर ठुलो सहयोग पुर्याएकोमा वडाध्यक्ष हिरा जिसीले आभार प्रकट गर्नुभयो।

भक्तपुरको टोलीलाई विद्यालयले बुल्मको पहिचानको रूपमा रहेको वस्तु सेरामिक्सबाट उत्पादन भएको माटोका सामग्री उपहार प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्