ज्येष्ठ नागरिकलाई कम्बल वितरण



नेपाल समाचारपत्र, बारा।

नीजगढ नगरपालिकाले नगरभित्र रहेका ९० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। बुधबार नगरपालिकाका प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेले वृद्ध वृद्धाहरूलाई न्यानो कपडासहित कम्बल वितरण गर्नुभएको हो।

सो अवसरमा नगरपालिकाभित्र रहेका ६७ जना वृद्धलाई एक/एक थान कम्बल र तातोपानी राख्ने थर्मससमेत प्रदान गरिएको थियो। नगरपालिकाले दिएको कम्बल र थर्मश पाएपछि जेष्ठ नागरिकहरू खुसी भएका छन्।

नीजगढ नगरपालिका–२ कि टंकदेवी लामिछानेले जाडोबाट जोगिन नगरपालिकाले दिएको कपडा र थमर्शले सहयोग गर्ने बताउनुभयो। जाडो र सितलहरबाट प्रभावित वृद्धवृद्धाको सुरक्षा र संरक्षणका लागि नगरपालिकाकाले सम्मानसहित न्यानो सामाग्री प्रदान गरेको नगरप्रमुख खनालले बताउनुभयो।

सोही कार्यक्रममा उपप्रमुख लामिछानेले जेष्ठ नागरिकहरू समाजको अगुवा र पथप्रर्दशकसमेत भएकाले सबैले उनीहरूको कदर र मर्यादा राख्नुपर्ने बताउनुभयो। ‘ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि नगरपालिका सदैव तयार छ। उहाँले बताउनुभयो

एक सातायतादेखि चलेको शीतलहर र ठण्डीका कारण स्थानीयको जनजीवन प्रभावित बन्दै आएको छ। यसअघि नगरपालिकाले चिसोबाट जोगिन नगरका विभिन्न स्थानमा आगो ताप्ने दाउरा उपलब्ध गराएको थियो। कार्यक्रम निजगढस्थित होटल तारा इनमा भएको कार्यक्रममा नगरपालिकाले ज्येष्ठ नागरिकका लागि बिहानीको खानाको समेत प्रबन्ध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्