मनोनयमा परेका कलाकारको नजरमा कसले जित्छ अवार्ड !



विधा : सर्वोत्कृष्ट खलपात्र
कसको नाम लिऊँ !
धु्रव कोइराला 
फिल्म : भिलेन 
नोमिनेसनमा परेका सबै कलाकार निकै राम्रो हुनुहुन्छ। अर्पणजी, प्रशान्तजी, प्रमोदजीलगायत सबैजना एकसे एक हुनुहुन्छ। सबैको काम राम्रो छ, म कसको नाम लिऊँ?
चक्करमा क्यारेक्टर राम्रो छ
अर्पण थापा

फिल्म : चक्कर
नढाँटी भन्नुपर्दा मैले अरू कुनै पनि फिल्म हरेको छैन। क्यारेक्टरवाइज हेर्दा चक्करमा खलपात्रको क्यारेक्टर राम्रो छ।
आस राखेको छु
प्रमोद अग्रहरी

फिल्म : कथा काठमाडौं

सबैको काम राम्रो छ। त्यसैले सबैलाई आफूले अवार्ड जिते हुन्थ्यो भन्ने लाग्छ। कथा काठमाडौंमा जुन भूमिका निभाएको छु, त्यो वास्तविकताको नजिक रहेर कथाले उठाएको विषयलाई न्याय गरेजस्तो लाग्छ, जुन एउटा कलाकारको दायित्व पनि हो। यस कारण यसपटक चाहिँ अवार्डको आशा राखेको छु।
मैले त पाउँछुजस्तो लाग्दैन
निश्चल बस्नेत
फिल्म : प्रसाद
मैले अरू फिल्म हेरेकै छैन। यस कारण को डिर्जभिङ छ भन्नै सक्दिनँ। मैले त पाउँछुजस्तो लाग्दैन।
मबाहेक अरू चार जनामध्ये कसैले जित्नुहुन्छ होला किनभने उहाँहरूले मभन्दा पहिलेदेखि नै खलपात्रमा अभिनय गर्दै आउनुभएको छ।
एक्पिरियन्सको हिसाब र अभिनयको हिसाबले उहाँहरूमध्येले नै जित्नुहुन्छ भन्ने लाग्छ।
रणवीरमा स्ट्रङ रोल छ
प्रशान्त ताम्राकार

फिल्म : रणवीर

 क्यारेक्टरवाइज रणवीरमा मेरो एकदमै स्ट्रङ रोल छ। खलपात्र भनेपछि खलपात्रैजस्तो देखिनुपर्छ। यो कुरामा डाइरेक्टरले ध्यान दिनुभएको छ र निकै मेहनत गरेका छौं।

यो अवार्ड रणवीरको बलीले जित्छ जस्तो लाग्छ। तर जुरीको आ–आफ्नो धारणा हुन्छ मैले भनेर मैले नै जित्छु भन्नेचाहिँ छैन।

विधा : सर्वोत्कृष्ट सहअभिनेत्री
अवार्ड पाइन्छ भनेर काम गर्ने होइन 
ऋचा शर्मा
फिल्म : चक्कर

कुनै पनि कलाकारले अवार्ड पाइन्छ भनेर काम गर्ने होइन। आआफ्नो काम राम्रोसँग गर्ने हो। अवार्ड पाउने त जुरीको डिसिजनले हो।

नोमिनेसनमा पर्ने सबैको काम राम्रो छ। यस कारण हामी पाँचमध्ये सबैको अवार्ड पाउने चान्स २०/२० पर्सेन्ट छ।

म अहिले सिक्दै छु
नम्रता श्रेष्ठ
फिल्म : जानी नजानी

खै अवार्ड कसले जित्नजुहुन्छ थाहा छैन। सबैजना मेरो भन्दा धेरै एक्सिपिरियन्स भएको कलाकार हुनुहुन्छ। ऋचा दिदीको एक्टिङ निकै मन पर्छ, सन्ध्या दिदी पनि निकै राम्रो  काम  गर्नुहुन्छ।

उहाँहरूको अगाडि म अहिले पनि सिक्दै छु। अवार्डको आस त छ। तर जुरीको नजरमा जसले राम्रो काम गर्नुभएको छ, उहाँले नै जित्नुहुन्छ भन्ने लाग्छ।

मैले जिते पहिलो अवार्ड हुनेछ
सन्ध्या केसी
फिल्म :कथा काठमाडौं 
मैले सबैको फिल्म हेरेको छैन। यस कारण यो अवार्ड कसले जित्छ भन्न सक्दिनँ। नोमिनेसनमा प्रियंका कार्की, ऋचा घिमिरेजस्ता निकै राम्रो कलाकारहरू हुनुहुन्छ।
यस कारण उहाँहरूको चान्स बढी छ। मैले अवार्ड जित्ने सम्भावना छ जस्तो लाग्दैन। तर जिते पनि पहिलो अवार्ड हुनेछ।
लकको कुरा हो
रश्मी भट्ट
फिल्म : सयकडा दश
यसमा म केही भन्न सक्दिनँ। कम्पिटिसनको कुरा पनि हो र लक पनि चाहिन्छ। मचाहिँ लकमा पनि विश्वास गर्ने भएकाले लकले साथ दिएमा जसले पनि जित्न सक्छ भन्छु।
विधा : सर्वोत्कृष्ट नवअभिनेता
हेरौं कसले जित्छ !
कपिल खत्री
फिल्म : भिलेन

हा..हा.. हा। मलाई कसरी  थाहा हुन्छ र? कसरी भन्ने? नाइँ नभन्नु ल ५ हेरेको थिएँ, त्यसमा अभिषेकको काम राम्रो लागेको थियो।

फिल्म बोबी पनि हेरेको थिएँ, स्टोरी राम्रो लाग्यो। आफ्नो कुरा गर्दा  केही पनि बाँकी छैन सक्दो मेहनत गरेको छु, हेरौं कसले जित्छ?

उमेश थापाले जित्नुहुन्छ
अभिषेक नेपाल
फिल्म : नाइँ नभन्नु ल ५

मेरो विचरमा बोबीबाट उमेश थापाले सर्वोत्कृष्ट नवअभिनेताको अवार्ड जित्नुहुन्छ किनभने उहाँको एक्टिङ निकै राम्रो लागेको थियो।

आफ्नै कथामा बनेको फिल्म भएकाले त्यसमा यथार्थता छ। हुनत  मैले पनि मेहनत गरेको छु, तर आफ्नै नाम लिँदा अनफेएर होला कि?

सबैको काम राम्रै होला
उत्सव न्यौपाने
फिल्म : सयकडा दश

मैले सबै फिल्म हेरेको छैन। म डेब्यु फिल्ममा निकै स्ट्रगल गरेर आएको थिएँ। पहिले कहिल्यै डान्स नगरेको र एक्टिङ नगरेको मान्छे एकैचोटि फिल्ममा त्यतिको पर्फमेन्स गर्नुभनेको मेरा लागि ठूलो कुरा हो।

हुनत सबैजना स्ट्रगल गरेर नै आएका हुन्छन्। यस कारण सबैको काम राम्रै छ होला। अवार्ड भनेको जो फिल्म क्षेत्रमै करिअर बनाउँछु भनेर आएको हुन्छ, जसले डिजर्भ गर्छ, उसैले पाउनुपर्छ जस्तो लाग्छ। सबैको काम राम्रो छ। तर पनि म आफूलाई कमजोर सोच्दिनँ।

सबैलाई शुभकामना
उमेश थापा

फिल्म : बोबी

 

यस्तो प्रिभिलेजका लागि कामना फिल्म अवार्डलाई थ्यांक यु भन्न चाहन्छु यो रिकग्नेसनका लागि। अनर्ड र ग्रेटफुल फिल गरिरहेको छु। नोमिनेसनमा पर्ने सम्पूर्णलाई शुभकामना।

उहाँहरूले धेरै राम्रो काम गर्नुभएको छ। त्यस कारण उहाँहरूले यो अवार्ड डिजर्भ गर्नुहुन्छ। जे भए पनि नेपाली फिल्म क्षेत्रलाई सपोर्ट गरिरहनुस् भन्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्