मनोनयमा परेका कलाकारको नजरमा कसले जित्छ अवार्ड !



विधा : सर्वोत्कृष्ट कथा
भन्न कठिन भयो
दीपेन्द्र लामा
फिल्म : गोपी
सबै फिल्मको कथा राम्रो छ। सबैको आआफ्नो विशेषता छन्। फिल्म गोपीले पनि नेपालमा केही गरौं भन्ने सन्देश बोकेको छ भने छक्कापञ्जा ३ ले शिक्षामा देखिएको विकृति उठाएको छ।

साइँली र डमरुको डण्डीबियोको कथा पनि राम्रो भएको कारण कुन कथा उत्कृष्ट भनेर ठहर गर्न कठिन भयो।

विधा : सर्वोत्कृष्ट हास्यकलाकार

 

नाम लिन सक्दिनँ
रवीन्द्र झा
 

फिल्म : रामकहानी
निर्णायक समितिको सल्लाहले जसलाई उत्कृष्ट ठहराउँछ, अवार्ड उसैले पाउँछ। सबैको काम राम्रो भएकाले नामचाहिँ लिन सक्दिनँ।
राजारामले पाउनुहुन्छ
केदार घिमिरे

फिल्म : छक्का पञ्जा ३ र रामकहानी (छक्कापञ्जा ३ बाट दीपकराज गिरी, जितु नेपाल र यमन श्रेष्ठका साथ संयुक्तरूपमा संवादमा समेत)

 

हास्य कलाकारको अवार्ड पोहोर पनि राजाराम दाइले पाउनुभयो। यसपालि पनि उहाँले नै पाइहाल्नुहुन्छ नि। उहाँ सिनियर दाइ पनि हुनुहुन्छ।

त्यस कारण उहाँले नै अवार्ड पाउनुहुन्छ। संवाद विधामा चाहिँ सुशील पौडेलजीले फिल्म प्रसादबाट अवार्ड पाउनुहुन्छ।
केदार घिमिरे पर्फेक्ट
राजाराम पौडेल

 

फिल्म : बाँध मायाले

 

मलाई मेरो नोमिनेसन नै ठीक लागेन। मैले होप गरेको सयकडा दशबाट थियो। त्यसमा मेरो रोल पावरफुल थियो।

तर त्यसबाट नोमिनेसनमै परिनँ। त्यसैले हास्य कलाकार विधाको अवार्ड केदार (घिमिरेजी) ले छक्कापञ्जा ३ बाट पाउनुहुन्छ। किनभने हि इज परफेक्ट पर्सन फर बेस्ट कमेडियन आर्टिस्ट।
केदार काकाले जित्नुहुन्छ
विल्सनविक्रम राई

फिल्म : रामकहानी

केदार (घिमिरे) काका दुईओटा फिल्मबाट नोमिनेसनमा पर्नुभएको छ। पक्कै पनि उहाँले नै जित्नुहुन्छ। हुन त उत्कृष्ट पाँचमा पर्ने सबै जना एकदमै राम्रो कलाकार हुनुहुन्छ। म पनि नोमिनेसनमा पर्दा खुसी छु।

नोमिनेसनमा पर्नु नै मेरा लागि ठूलो कुरा हो। सबैजना मभन्दा सिनियर कलाकार भएको कारण सबैभन्दा पछि मेरो नाम आउँछ।

विधा : सर्वोत्कृष्ट सहअभिनेता
मनोज दाइलाई शुभकामना
जितु नेपाल
 

फिल्म : छक्का पञ्जा ३
यसपटक सहअभिनेता विधामा मनोज गजुरेल दाइलाई शुभकामना दिन चाहन्छु। उहाँ पहिलोपटक सिनेमा क्षेत्रमा आउनुभएको छ।

उहाँको फिल्म नहेरे पनि राम्रो काम गर्नुभएको सुनेको छु। उहाँले यस विधाको अवार्ड पाउनुभयो भने यादगार रहन्छ।

मैले पाउनुहुँदैन
मनोज गजुरेल

फिल्म : सयकडा दश

यो विधाको अवार्ड मैले पाउँदिनँ, पाउन पनि हुँदैन। किनभने यो मेरो पहिलो फिल्म हो। मनोनयनमा थिएटरबाट आएका राम्रा कलाकार अनुप बरालजी हुनुहुन्छ, अहिलेका जल्दाबल्दा कलाकार दयाहाङ राई तथा जितु नेपालजी हुनुहुन्छ। मेरो विचारमा अवार्ड यी तीनजनाको वरिपरि घुम्छ होला।

दयाहाङले जित्छ होला
अनुप बराल
 

फिल्म : डमरुको डण्डीबियो

मेरो विचारमा यो विधाको अवार्ड दयाहाङले जित्छ जस्तो लाग्छ। क्यारेक्टरको हिसाबले भन्ने हो भने उसले निकै मेहनतको साथ काम गरेको छ।

साइँली पोखरा वरिपरिको लोकेसनमा खिचिएको छ। दयाहाङले त्यहींको पात्रअनुसार आफूलाई ढालेको छ। सरल र रचनात्मक हिसाबले राम्रो काम निकालेको हुँदा यो विधाको आवर्ड उसले नै जित्छ होला।

अनुप दाइले जित्दा खुसी लाग्छ

दयाहाङ राई

फिल्म : साइँली

यो अवार्ड अनुप बराल दाइले जित्दा खुसी लाग्छ। किनभने उहाँको काम जहिले पनि राम्रो हुन्छ। हुन त मैले पनि फिल्म साइँलीमा मेहनत गरेको छु। मेरो पनि सम्भावना छ। तर पनि छान्नै पर्दाचाहिँ अनुप दाइलाई छान्छु।

अभियस्ली मैले जित्छु नि

सलोन बस्नेत

फिल्म : यात्रा

 

अभियस्ली मैले जित्छु नि हा..हा…हा…। नोमिनेसनमा दया दाइलगायत ट्यालेन्टेड कलाकारहरू छन्। तर मलाई डिप्लोमेटिक हुन मन लागेन। किनभने अवार्डको कुरा छ, आफूले जितूँ भन्ने हुन्छ नि⁄ त्यसैले आफ्नै नाम लिएँ।

विधा : सर्वोत्कृष्ट बालकलाकार

 

  सेड्रिनाले पाउनुपर्छ
अनुभव रेग्मी

फिल्म : भैरे र नाइँ नभन्नु ल ५
मेरो विचारमा अवार्ड सेड्रिनाले पाउनुपर्छ। किनभने फर द फस्र्ट टाइम सि डिड गुड इन हर डेब्यु मुभि। सो सि डिजर्भ इट ।
आशावादी छु
कुशाग्र भट्टराई

फिल्म : कोहलपुर एक्सप्रेस

यसपटकको कामना अवार्डमा उत्कृष्ट बालकलाकारको विधामा निकै कडा टक्कर भइरहेको छ। हुनत मनोनयनमा पर्नु पनि आफैमा अवार्ड जित्नुजस्तै हो।

यो विधामा परेका सबै पाँचैजना कलाकारले आआफ्नो फिल्ममा उत्तिकै राम्रो काम गरेका छन्। म सबैलाई अल द बेस्ट भन्न चाहन्छु। जहाँसम्म अवार्ड जित्ने कुरा छ, त्यसका लागि मैले आफैलाई प्रबल दाबेदार मानेको छु।

किनभने कोहलपुर एक्सप्रेसका लागि मैले निकै नै मेहनत गरेको छु। हरेक दृश्यमा मैले गरेको मेहनत त चलचित्र हेर्ने दर्शकले अनुभव गर्नुभएकै होला।

नेपालगन्ज र कोहलपुरको गर्मीमा झन्डै तीन सातासम्म मैले गरेको मेहनतले राम्रो नजिता पाउनेछ भन्ने कुरामा आशावादी छु।

मैले नै डिजर्भ गर्नुपर्ने हो

सेड्रिना शर्मा

 

फिल्म : नाइँ नभन्नु ल ५

अभिनय र मेरो कन्फिडेन्सको कुरा गर्दा त बालकलाकारको अवार्ड मैले नै डिजर्भ गर्नुपर्ने हो। मेरो यो पहिलो फिल्म हो। तर पनि जुरीको डिसिजन के हुन्छ त्यसमा भर पर्छ। सबैलाई शुभकामना भन्न चाहन्छु।
अनुभव रेग्मीले जित्नुहुन्छ होला

लक्की भण्डारी

 

फिल्म : चंगा चेट
हुनत अरूले मेरो अभिनय हेरेका छैनन् होला र मलाई चिन्दैनन् होला। मैले सबैको काम हेरेको छु। मेरो विचारमा मलाई मनपर्ने अनुभव रेग्मीले अवार्ड जित्नुहुन्छ होला।

प्रतिक्रिया दिनुहोस्