पोखरीभित्र, पोखरीबाहिर



महिनौसम्म सरकार छोड्ने/नछोड्ने दोहोरी घन्काएको समाजवादी पार्टीले अन्ततः सरकार छोडेको छ। आफ्नो पार्टीले उठाउँदै आएको संविधान संशोधनको माग मन्त्रिपरिषद्मा पेश गर्न असफल भएसी कानुनमन्त्रीसमेत रहेका उपेन्द्र यादवले पीएम ओलीसँगको सरकारी साइनो कट्टी गर्या छन्।

नागरिकता विधेयक संशोधनमा समेत अडान राख्दै आएको समाजवादी आफ्नो बोली नबिकेसी गल्या छ। ‘नागरिकता विधेयकको अडानमा तपाइहरू गल्या हो’ भनेर पत्रकारहरूले प्रश्न गर्दा सो पार्टीका शीर्ष नेताले प्रष्ट जवाफ दिन सक्या छैनन्। भन्छन्– ‘हाम्रो गुनासो र असन्तुष्टी विज्ञ समूहले पहिचान गर्नेछ।’

‘यो जवाफबाट धरहरा प्रष्ट भा’ छ सरकार छोड्ने/नछोड्ने दोहोरी महिनौसम्म त्यसै घन्किएको रैनछ। अनि सो पार्टीको असन्तुष्टी विज्ञले नै पहिचान गर्नुपर्ने भनेसी नेपाली राजनीति गहन अनुसन्धानको विषय बन्ने देखियो।

उप्रेन्द्रले राजिनाम दिएसी उही पुरानो राजनीतिक खेल दोहोरिने निधो छ– ‘पोखरीभित्र पोखरीबाहिर।’ अर्थात् ‘उपेन्द्र आउट राजेन्द्र इन’। राजनीतिमा मझ्यौला र साना सिटवाला पार्टी मालामाल हुन्छन् भन्ने फर्मुला अहिलेको होइन, २०५१ को मध्यावधि निर्वाचनबाटै शुरु भाथ्यो। सो फर्मुलाका प्रणेता तत्कालिन काँग्रेस, एमालेका नेतालाई साना पार्टीले अहिले पनि जयजय कार गरे हुन्छ।

प्रतिक्रिया दिनुहोस्