निशानको गाडीमा विशेष अफर



काठमाडौं, (नेस)।

नेपालका लागि निशान र ड्याटसनका गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले ४५० भन्दा बढी निशान किक्स बिक्री भएको उपलक्ष्यमा अफर ल्याएको छ।

यो अफरमार्फत ग्राहकले करिब ४ लाख ५० हजार रुपियाँबराबरको लाभ पाउन सक्नेछन। यसै अन्तर्गत २ लाख ५० हजार रुपियाँसम्मको नगद छुट, एक लाख रुपियाँ बराबरको एक्सचेन्ज बोनस वा ब्रान्ड न्यू आइफोन ११ (१२८ जी बि) पाउनुहुनेछ।

अन्य उपहार स्वरुप ग्राहकले निःशुल्क बश्चको हाई प्रेसर वासर, एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीनै वर्षसम्म निःशुल्क गाडी सर्भिसिङको सुविधा पाउन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्