वृद्धको हत्यारा पक्राउ



गुल्मी, नेस।

गुल्मीमा ७२ वर्षीय वृद्ध देवीराम भण्डारीको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन्। चन्द्रकोट गाउँपालिका–७ देउरालीका भण्डारीको हत्या गर्ने सोही गाउँपालिका–८ निवासी २० वर्षीय सन्तोष घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

भण्डारी पुस ५ गते आफ्नै गोठमा मृतक अवस्थामा फेला परेका थिए। संकास्पद मृत्यु भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो। अनुसन्धान गर्ने क्रममा हत्यारासमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो।

भण्डारी आफ्नो गोठमा भैंसीको दूध दुहुन गएको र अभियुक्त घर्ती नजिकै दाउरा लिन गएको समयमा विवाद हुँदा अभियुक्त घर्तीले ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। अभियुक्त घर्तीलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक घलेले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्