डीएभीको २७ औं वार्षिकोत्सव



ललितपुर जाउलाखेलस्थित डीएभी सुशील केडिया विश्वभारती उच्च माध्यमिक विद्यालयले २७ वर्ष पूरा गरेको छ। विद्यालयको बुद्ध प्रेक्षालयमा भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई वार्षिक पुरस्कार प्रदान गरिएको थियो।

विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहनुभएका मिडियाकर्मीका लागि उक्त दिन प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गीतिक नाट्य यात्रा जीवनको विलक्षण अनुभव गरिएको थियो।

सांस्कृतिक कार्यक्रममा वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरूको प्रदर्शन रहेको थियो। कलेजका अध्यक्ष अनिल केडियाले वार्षिकोत्सवका अवसरमा विद्यालयमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका अलावा अतिरिक्त क्रियाकलापमा विद्यालय उत्कृष्ट रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्