बलिउड महानायक अभिताभ बच्चनलाई समस्यै समस्या



एजेन्सी, बलिउडका महानायक अमिताभ बच्चनको स्वास्थ्यमा समस्यै समस्या देखा परेको छ ।

अहिले उनलाई एक्कासी ज्वरोले समातेको हो । हाल घरमै आराम गरिरहेका बच्चनले आफु सोहि कारण राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा उपस्थित हुन नसक्ने समेत बताएका छन् ।

उनले भने, ‘मलाई ज्वरो आएको छ । म उक्त समारोहमा उपस्थित हुन सक्दिनँ ।’

गत सोमबार नयाँ दिल्लीमा आयोजित समारोहमा उनलाई २०१८ को दादासाहेब फाल्के पुरस्कारले सम्मानित गर्न लागिएको थियो । आफु उक्त विशेष समारोहमा उपस्थित हुन नसकेपछि अमिताभले दुःख व्यक्त गरेका छन् ।

उनले दुर्भाग्यपुर्ण किसिमले आफु उपस्थित हुन नसकेको जनाएका छन् ।

अमिताभलाई आज दिन लागिएको पुरस्कार १९६९ मा सुरु भएको थियो । यसअघि यो पुरस्कार स्वर्गिय अभिनेता विनोद खन्नालाई दिइएको थियो । दिल्लीमा हुने उक्त समारोहपछि राष्ट्रपतिले चिया पार्टीको आयोजना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्