५६ हजार माछाका भुरा नदीमा छाडियो 



शिक्षा पन्त, लमजुङ ।
मस्र्याङ्दी नदीमा ५६ हजार माछाका भुरा छाडिएको छ। जलविद्युत् आयोजना निर्माणपछि माछाको परिस्थितिकीय पक्षको सुधार गर्न मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रले भुरा छाडेको हो।
मध्यमस्र्याङ्दी निर्माणका क्रममा बाँधमा माछाजन्य जलचर आउजाउ गर्ने ठाउँ नबनाइँदा तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रमा माछा आउजाउ गर्न नसकेपछि माथिल्लो क्षेत्रमा ह्याचरीमा भुरा छाडिएको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख शिवकुमार शाहले जानकारी दिनुभयो।
‘हाडे, ठेड र गर्दी जातका माछाका भुरा जलाशयमा छाडेका छौं,’ उहाँले भन्नुभयो– ‘४ वर्षअघि पनि यहाँ भुरा छाडिएको थियो।’

प्रतिक्रिया दिनुहोस्