प्रचारप्रसारको अभावमा श्रृंगेश्वर क्षेत्र ओझेलमा



अनिल खत्री, गुल्मी।

धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय श्रृंगेश्वर क्षेत्र ओझेलमा परेको छ। नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा धार्मिक एवम् पर्यटकीय स्थलहरूको प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।

सिद्धस्थान, महापोखरी, यज्ञशाला, शिवालयजस्ता धार्मिक स्थलहरू यसै क्षेत्रभित्र रहेका छन्। यहाँ विभिन्न अवसरहरूमा पराम्परागत मेलाहरू एवम् पूजाआजा हुने गर्दछ। प्राचिन युगमा ऋषि ऋष्यश्रृंगा महर्षिहरूले तपस्या गरेको हुनाले यस ठाउँको नाम पनि श्रृंगा रहन गएको हो।

जिल्लाको रुरु क्षेत्र गाउँपालिका–४ छत्रकोट गाउँपालिका–४ को संगम क्षेत्र श्रृंगामा रहेको श्रृंगेश्वर मन्दिर ओझेलमा परेको हो। जिल्लाको गौरवको रूपमा रहेको धर्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल श्रृंगेश्वर मन्दिर पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ। जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसु·ा क्षेत्रको मन्दिरसँग जोडिएको श्रृंगेश्वरको महत्व जनमानसमा ल्याउन नसक्द ओझेलमा परेको स्थानीयवासी बताउछन्।

त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगाले रेसु·ाको शिखरमा र श्रृंगाक्षेत्रमा बसेर तपस्या गरेको जनश्रुति छ। ऋषि ऋष्यश्रृंगाले गर्मीमासको ६ महिना रेसु·ामा र जाडोमासको ६ महिना श्रृंगाक्षेत्रमा बसेर तपस्या गर्ने गरेको स्थानीयको भनाइ छ।

रेसु·ा क्षेत्रमा जाडो समयमा अत्याधिक चिसो हुने भएकाले पनि चिसोबाट बच्न श्रृंगाक्षेत्रमा रही तपस्या गर्ने गर्दथे भन्ने जनविश्वास रही आएको छ। श्रृंगाक्षेत्रमा तपस्या गर्दा रिडीमा नुहाउन जाने र माथि आएर तपस्या गर्ने गरेको श्रृंगेश्वर मन्दिरका पुजारी बताउछन्।

मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुन्छ भन्ने मान्यताले यस स्थलमा विभिन्न समयमा श्रद्धालु भक्तजनहरू पुग्ने गर्दछन्। यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरू पनि रहेका छन्।

सिद्धस्थान, महापोखरी, यज्ञशाला, शिवालयजस्ता धार्मिक स्थलहरू यसै क्षेत्रभित्र रहेका छन्। यहाँ विभिन्न अवसरहरूमा पराम्परागत मेलाहरू एवम् पूजाआजा हुने गर्दछ। प्राचिन युगमा ऋषि ऋष्यश्रृंगा महर्षिहरूले तपस्या गरेको हुनाले यस ठाउँको नाम पनि श्रृंगा रहन गएको हो।

द्वापर युग, त्रेता युगदेखि नै यसको महत्व रहेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख पनि गरिएको छ। सिद्धभूमि, तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरूले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रही आएको छ। ऋषि श्रृंगेश्वर, यदुकानन्द, रामचन्द्रजस्ता धेरै ऋषि महर्षिहरूको तपस्यास्थलको महत्व धेरै वेदपुराणहरूमा समेत उल्लेख छ।

यहाँ विद्यार्थीहरूको लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामिण पर्यटनको राम्रो सम्भावना रहेको छ। जिल्ला सदरमुकाम तम्घासबाट २७ किलोमिटर पक्की सड्क र गुल्मी प्रबेशद्वार रिडीबाट १७ किलोमिटर पक्की सडकको नजिकै रहेको मन्दिर विभिन्न धार्मिक, ऐतिहासिक एवम् आध्यामिक महत्वले भरीपूर्ण रहेको छ।

हाल मन्दिर क्षेत्रमा स्थानीय र प्रदेश सरकारको सहयोगमा केही निर्माण कार्य भएपनि उलेख्य रूपमा संरचना निर्माण हुन सकिरहेका छैनन्।गाउँपालिकाले लेखागुफा उत्खनन, पोखरी निर्माण, पैदल मार्ग निर्माण, पाकिङ निर्माणजस्ता कार्यहरू थालनी गरेपनि मन्दिर क्षेत्रकै महत्वबारे कमैलाई जानकारी हँुदा आन्तरिक एवम् बाह्य पर्यटकहरू पनि पुग्न रुरु क्षेत्र गाउँपालिका–२ का वडाध्यक्ष फुुर्सुराम ज्ञवालीले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्