सडक महोत्सवको तयारी पूरा



काठमाडौं, (नेस)।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसनद्वारा पोखरामा आयोजना गरिएको सडक महोत्सवको तयारी पूरा भएको छ। डिसेम्बर २८ तारिखदेखि जनवरी १ तारिखसम्म लेकसाइडमा हुन लागेको महोत्सवको तयारी पूरा भएको महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिनुभयो।

महोत्सवबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा विगत २० वर्षदेखि हुँदै आएको महोत्सव हरेक वर्ष अङ्गे्रजी नयाँँवर्षको अवस पारेर मनाउँदै आइएको जानकारी दिइयो।

महोत्सव विदेशी पर्यटकलाई लक्षित गरिने भएको भए पनि आन्तरिक पर्यटको पनि उल्लेख सहभागी हुने आयोजकको भनाइ छ।‘सडकमै खाउ सडकमै रमाओ’ भन्ने नाराका हुन लागेको महोत्सव पोखराको लेकसाइड क्षेत्रको तीन किलोमिटरमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्