झूटो विवरण पेस गरी नागरिकता लिने भारतीय पक्राउ



सर्लाही, (नेस)।

झूटो विवरण पेस गरी नगरिकतालिने एक जना भारतीय नागरिक सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन्। भारत विहार सीतामाढी घर भएका २० वर्षे सीताराम सिंह पक्राउ परेका हुन्।

उनले बरहथवा नगरपालिका–२ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको बताइएको छ।

मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि बरथवा नगरपालिका–२ का वडाध्यक्ष यज्ञबहादुर खड्काले शनिबार बेलुका हजरियाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बरहथवामा बुझाउनुभएको थियो।

सिंहले बरहथवा नगरपालिका–२ को वडा कार्यालयमा गाँउका पाँच जनालाई सर्जिमिन मुचुल्का गर्न लगाई नागरिकता लिएका प्रहरीले जनाएको छ। भारतीय मूलका भान्जालाई नागरिकता दिलाउने मामा फरार रहेका उनको खोजी भइरहेको सर्लाही प्रहरीले जानएको छ।

प्रतिक्रिया दिनुहोस्