संघ र प्रदेशको बजेट बाँडफाँड



रसुवा, (नेस) ।

जिल्लामा संघ र प्रदेशबाट आएको बजेट बाँडफाँड भएको छ। एक निर्वाचन क्षेत्र र दुई वटा प्रदेशका लागि बजेट छुट्याइएको हो।
यस आर्थिक वर्षको लागि ५५ वटा कार्यक्रम छनोट गरिएको छ।

कार्यक्रमअनुसार संघीय निर्वाचन क्षेत्रले ३० वटा प्रदेश ‘क’ ले १३ र प्रदेश ‘ख’ ले १२ वटा योजना छनोट गरेका छन्।यीमध्ये कालिका गाउँपालिकामा निर्वाचन क्षेत्र र दुवै प्रदेशको बजेट समावेश भएको छ। गाउँपालिकाले बाँडफाँड गरेको बजेटमा सामुदायिक भवन निर्माण, सडकको मर्मत तथा स्तरोउन्नति, गुम्बा निर्माण, खानेपानी स्रोतको मर्मतलगायतका प्राथमिकतामा परेको छन्।

केही स्थानमा सौर्य बत्ती जडान, हेलिप्याड निर्माण, तातोपानी मूल संरक्षणलगायत योजना पनि राखिएको छ। निर्वाचन क्षेत्र नं. १ अन्तर्गत आएको बजेटमध्ये गोसाइकुण्ड गाउँपालिकामा आठ वटा योजनाका लागि एक करोड ७५ लाख, नौकुण्ड गाउँपालिकामा सात वटा योजनाका लागि १ करोड ५० लाख, कालिका गाउँपालिकाका पाँच वटा योजनाको लागि एक करोड २ लाख ५० हजार, आमाछोदिङमो गाउँपालिकाको दुई वटा योजनाको लागि ६० लाख बजेट विनियोजन गरिएको छ।
|
प्रदेश ‘क’ ले गोसाइकुण्ड गाउँपालिकामा सबैभन्दा बढी योजना परेको छ। यसमा ६ वटा योजनाका लागि १ करोड ४० लाख, नौकुण्डमा पाँच वटा योजनाका लागि १ करोड ३० लाख, कालिकामा दुई वटा योजनाका लागि २३ लाख २५ हजार छुट्याएको छ।|

यसै गरी प्रदेश ‘ख’ ले आमाछोदिङमो गाउँपालिकामा ६ वटा योजना सञ्चालनका लागि ७६ लाख २५ हजार, कालिकामा चार वटा योजनाका लागि १ करोड २० लाख, उत्तरगयामा दुई वटा योजनाका लागि १ करोड बजेट परेको जिल्ला समन्वय समिति रसुवाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्