नेपालमा रग्बी रंगशाला बनाउने अभियान



टंकलाल घिसिङ
सदस्य, एसियन रग्बी संघ

एसिया रग्बी संघमा नेपालले पहिलो पटक कार्यकारी सदस्य जितेको छ। १८ महिना अघि नेपालले रग्बी संघको सदस्यता प्राप्त गरेकोमा नेपालबाट टंकलाल घिसिङ सदस्यता जित्न सफल हुनुभयो। नेपालमा १७ वटा, ८ वटा क्लब र १ सय ५० भन्दा बढी विद्यालयमा अहिले रग्बी खेल सञ्चालन हुँदै आएको छ। यसै विषयमा नेपालमा रग्बी खेलको सम्भावना र आगामी योजनालगायतका विषयमा केन्द्रित रहेर रग्बी संघ नेपालका अध्यक्षसमेत रहनुभएका एसियन रग्बी संघका कार्यकारी सदस्य टंकलाल घिसिङसँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानी:

नेपालमा रग्बी खेल भित्रयाउनुको मुख्य उद्देश्य के हो?

सन् २०१२ बाट रग्बी खेल नेपालमा शुरू भएको हो। कुनै पनि गेम भौतिकरूपमा ठूलो हुनेले मात्र जित्ने कुरा हुँदैन। कुनै पनि खेल जित्नको लागि मन भित्रबाटै खेल्नुपर्छ। नेपालीहरू संसारभर हेर्दा साहासी हुन्छन भन्ने पहिचान छ।

यो खेल खेल्नको लागि नियम त छँदैछ, त्यसको साथै साहास र आँट पनि चाहिन्छ। नेपालीहरूको साहसी स्वभावसँग पनि मिल्ने भएको कारणले गर्दा यो खेललाई नेपाल भित्रयाएको हो।

नेपालमा रग्बी खेलको अवस्था कस्तो छ ?

नेपालमा रग्बी खेलको सम्भावना राम्रो छ। रग्बी खेल फिसिटज र सेभेन्स गरी २ भागमा विभाजन गरिएको छ, सेभेन्स ओलम्पिक र फिसिटज वर्डकपमा खेल्ने हो। नेपालमा फिसिटजको ४ वटा र सेभेन्सको ८ वटा क्लब छन्। नेपालमा १७ वटा संघ छन्, आठ वटा क्लब पनि सक्रिय छन्।

एसियन रग्बी संघमा नेपालको तर्फबाट सदस्य निर्वाचित हुँदाको अनुभूति कस्तो रह्यो ?

एसियामा थुप्रै विकसित देश छन्। जापानले वल्र्डकप खेलिरहेको छ। हङकङ पनि वल्र्डकपको लागि तयारी अवस्थामा छ। संसारको जति जनसंख्या छ, त्यसको आधा जनसंख्या एसियामा छ। जनसंख्याको अनुपातमा हेर्ने हो भने एसियामा रग्बी खेलको विकास निकै कम छ।

जनसंख्याको अनुपातमा रग्बीलाई विकसित गर्नको लागि रग्बी खेलको प्रवद्र्धन गर्नुपर्छ। जम्मा २८ वटा देश मात्र एसिया रग्बीको पुरक सदस्य छन्। बाँकी देशमा पनि रग्बीको विकास र विस्तार गर्न आवश्यक छ।

रग्बीको विकास गर्न मेरो अनुभव काम लाग्छ भन्ने हो। नेपालमा रग्बी खेल शुरू गर्ने क्रममा ग्राउन्डमा एउटा बल पनि थिएन। एउटा खेलाडी पनि थिएनन्। प्रशिक्षक पनि थिएनन्। रेफ्री पनि थिएनन्।

तर आज रग्बीमा आज नेपाल अगाडि बढ्ने अवस्थासम्म त ल्याएँ। त्यो अनुभव मसँग छ। एसियाका रग्बी नभित्रिएका देशमा विस्तार गर्न मेरो अनुभव काम लाग्छ।

ठूलाठूला राष्ट्र सदस्य रहेको रग्बी संघमा तपाईंलाई जित्छु भन्ने लागेको थियो, कि थिएन ?

खेल त्यस्तो माध्यम हो, जहाँ सबैलााई समानता पाइन्छ। भूगोल कस्तो थियो जनसंख्या कति थियो ? आर्थिकरूपमा कति सम्पन्न थियो ? भन्ने हुँदैन। त्यहाँ देश भन्ने हुन्छ र सबैको समान हैसियत हुन्छ।

त्यसैगरी एसियन रग्बीमा पनि २८ देश पुरक सदस्य छन् र यसमा भोटिङ अधिकार छ। २८ वटा देशको बीचमा नयाँ कार्यसमितिको लागि निर्वाचन भइरहँदा मैले ठूलो तयारी गरेको थिएन। युवाहरूले भोगको समस्या र समाधानको लागि नीतिगत रूपमा नै सुधार गर्नुपर्छ।

मैले युवाको प्रतिनिधित्तव गर्न खोजेको थिएन। २८ वर्षको उमेरमा मैले नेपालको रग्बी संघको अध्यक्ष भएँ। त्यति बेला वल्र्ड रग्बीले मलाई कम उमेरमा नेपालको तर्फबाट अध्यक्ष भएको भन्दै बधाई दिएको थियो।

हरेक देशले प्रतिष्ठाको विषय बनाउँदो रहेछ। हाम्रो देशले त्यो गरेको मैले पाइन। ठूला भन्ने देशहरू हारे। नयाँ अनुहारले निकै ठूलो अन्तरले जित्यो पनि।

नेपालमा रग्बी खेलको थप विकास गर्ने तपाईंसँग के योजना छ ?

आर्थिकरूपले हामी विकासित राष्ट्र बन्ने अभियानमा संघर्षरत छौं। खेलकुद एउटा यस्तो माध्यम हो, जुन भूगोलको हिसाबले आर्थिक शक्तिको हिसाबले आफभन्दा शक्तिशाली देशहरूलाई हराउन सकिन्छ। राज्यले यसमा प्राथमिकता दिन पर्छ। यसलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ।

खेलकुद क्षेत्रको विकास गर्न लगानीलाई बढाउनु पर्छ। खेलकुदका लागि आवश्यक पूर्वाधारहरू बनाउनुपर्छ। जसले गर्दा ठूलो युवा शक्ति सामाजिक सञ्जाल विभिन्न कुलतमा खेर फाल्ने समय शारीरिक व्यायाममा खर्च गर्दा स्वास्थ्यको हिसाबले पनि राम्रो हुन्छ।

खेलमार्फत देशलाई पनि अन्तर्राष्ट्रियरूपमा चिनाउन सक्छ। निजी क्षेत्रहरूले निश्चित हिस्सा सामाजिक क्षेत्रमा लगाउनुपर्ने प्रावधान छ। निजी क्षेत्रको व्यवसाय फस्टाउने र सामाज र राष्ट्रका लागि पनि फाइदा हुने भएकाले सामाजिक दायित्वको हिस्सा छ, त्यो खेलकुदमा राख्न लगाउनुपर्छ।

नेपालमा जे खलिरहेका छांै, खुल्ला चौरमा खेलिरहेका छांै। हामीले रग्बी रंगशाला निर्माण गर्न आवश्यक छ। काठमाडौं उपत्यकाभित्र निर्माण हुने रग्बी रंगशाला निर्माण गर्न ठाउँ छनोट गरेर डीपीआर बनाउने काम सम्पन्न हुन्छ।

एसियन रग्बी संघ, वल्र्ड रग्बी संघले पनि पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्छ। उहाँहरूको रग्बी रंगशाला निर्माणमा सहभागिता गराउन म पहल गर्छु।

 

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/nrDDHjN9p24

https://youtu.be/ut2NR52PHu8

प्रतिक्रिया दिनुहोस्