महिन्द्राको ‘एक्सयूभी–३००’ अब गण्डकी प्रदेश पनि



काठमाडौं, (नेस) ।

नेपालका लागि महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरूको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेडले महिन्द्राको स्पोर्ट्स युटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ गण्डकी प्रदेशमा पनि बिक्रि वितरण शुरू गरेको छ।

यस एक्सयूभीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास लम्साल र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो।

महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो। महिन्द्राको नयाँ एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ।

कम्फर्ट मोडमा शहरी ट्राफिकमा सहजतापूर्वाक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले गण्डकी प्रदेशमा निकै राम्रो बजार बिस्तार गर्नेे कम्पनीले जनाएको छ।

यसमा आकर्षक सनरूफको साथै, एलइडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टपबटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन्।

मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलापूर्वक इन्जिनको शक्तिउपयोग गर्छ र व्यापक सञ्चालनकातहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकताप्रदान गर्ने कुरालाई सुनिश्चितगर्छ।

यो एसयुभीडब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ एक्सयूभी ३०० को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपियाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रुपियाँ, डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार, डब्लु ६ वर्गका लागि ४५ लाख, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार तोकिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्