स्थानीय सरकारले काम गर्न त्यति सहज छैन



गुमानसिंह अर्याल
नगर प्रमुख, बेंसीशहर नगरपालिका

लमजुङ जिल्लाको सदरमुकाममा रहेको बेंसीशहर नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा जिल्लाका अन्य स्थानीय तहको नजर पर्नु स्वाभाविक नै हो। देश संघीय संरचनामा प्रवेश गरेसँगै बेंसीशहर नगरपालिका क्षेत्रमा साविकका केही गाविसलाई समेटेर बेंसीशहर नगरपालिका बनाइएको छ। स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका गुमानसिंह अर्यालले नेपाली कांग्रेस लमजुङका जिल्ला सभापति भेषबहादुर पौडेललाई पराजित गर्दै नगरप्रमुख बन्नुभएको हो। नगरपालिकाको विकासका लागि गर्नुभएको कार्य, प्रभाव र आगमी योजनाका विषयमा गुमानसिंह अर्यालसँग नेपाल समाचारपत्रका लागि लमजुङ संवाददाता शिक्षा पन्तले गर्नुभएको कुराकानीको अंश:

नगरपालिकाको नेतृत्व सम्हालेको करिब साढे दुई वर्ष पूरा भएको छ, निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता के कति पूरा भए र बाँकी कार्यकाललाई कसरी पूरा गर्दै हुनुहुन्छ ?

हामीले बेंसीशहर नगरपालिकाको नेतृत्व समालेपछि निर्वाचनका बेला नगरवासी समक्ष राखेका प्रतिबद्धतालाई एकपछि अर्को गरी पूरा गरिरहेका छौंैंं। जस्तै– बाहिरी रिङरोड बनाउँछौंैंैं भनेका थियौं अहिले ट्र्याक ओपन भइसकेको छ।

सबै वडामा अल ओवेदर सडक निर्माण गर्छौंैंैं भनेका थियौं सडक करिब–करिब त्यतैतर्फ उन्मुख छन् र बनिरहेका छन् बजेट पनि विनियोजन भएका छन्। हाम्रा अवधिभर अल ओवेदर हुन्छन् वडा कार्यालय निर्माण गर्छौंैंैं भनेका थियौं ३, ७ बाहेक सबै वडा कार्यालयको व्यवस्था भएको छ।

स्थानीय सरकारलाई सरकारकै रूपमा काम गर्न कतिको सहज छ ?

स्थानीय सरकारले काम गर्न त्यति सहज छैन नगरपालिकाको भवन अझै व्यवस्थित हुन सकेको छैन, विषयगत कर्मचारी पनि प्रर्याप्त छैनन्। ऐन कानुन बनाउन बाँकी छ।

संघ प्रदेश र स्थानीय तहको समन्वय पनि राम्रो हुन सकेको छैन। यो अवस्थामा पनि हामीले नगरपालिकाको कामलाई सहज, सरल, र प्रभावकारी ढंगले अगाडि बढाइरहेका छौंैंैं।

बाँकी कार्यकालमा नगरपालिकालाई कस्तो नगरपालिका बनाउने सोचमा हुनुहुन्छ ?

बाँकी कार्यकालमा अधुरा योजनाहरू सम्पन्न गर्छौंै । पर्यटकको गन्तव्य स्थल पहिचान गरी सोहीअनुसारको स्थल निर्माण गर्छौंैंै। शहर सुन्दर र सडकलाई मजबुद बनाउँछौंैं। शिक्षा, स्वास्थ्य, पशुपालन र विपद् व्यवस्थापनलाई व्यवस्थित गर्दै लैजान्छौंैंै।

काम गर्नलाई दलीय सहयोग कस्तो पाउनुभएको छ ?

दलहरूले नगरपालिकाको कामलाई अवरोध सिर्जजा गरेका छैनन्। दलहरूको सहयोगमा नगरपालिकाको बजेट तथा कार्यक्रम निर्वाधरूपमा सञ्चालन भइरहेका छन्।

अहिलेसम्म सबै दलको सहयोग आसा गरेअनुसारको प्राप्त भएको छ बाँकी कार्यकालमा पनि दलको यस्तै सहयोग प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौंैंै।

चालू आर्थिक वर्ष शुरू भएको आधा अवधि सकिसकेको छ, बजेट कार्यान्वयनका क्रममा यहाँको अनुभव कस्तो रह्यो र बजेटको बाँडफाँड कसरी भएको छ ?

हामीले बजेटलाई व्यवस्थित गर्ने प्रयत्न गरेका छौंैंं र बजेट पनि समयमै ल्याएका छौंैंैं। बजेट विनियोजन गर्दा नीति तथा सरकारी साझेदारीका कार्यक्रम पनि ल्याएका छौंैंै जुन मुलुककै उदाहरणीय कार्यक्रम पनि बन्न सक्छ।

जस्तैः– शहरका सडक ६०/४० मा निर्माण गरिरहेका छन्। सामुदायिक भवन ५०÷५० को सहयोगमा बनिरहेका छन््। पार्कहरूको निमार्णका निम्ति सर्तसहित निजी क्षेत्रलाई दिने तयारीमा छौं ।

आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापनमा संस्थागत विकास, सेवा प्रवाह र सुशासन आदिमा महत्वका आधारमा बजेट विनियोजन गरेका छौंैंै।

नगरपालिकाको प्राथमिकतामा परेका विकासका योजना के–के हुन् ?

नगरपालिकाको प्राथमिकतामा परेका विकासका योजनाहरू पूर्वाधार, सडक, खानेपानी, सिँचाइ, पर्यटन, स्वास्थ्य, शिक्षा रहेका छन्।

कृषि, शिक्षा, पर्यटनक्षेत्रको विकासका लागि नगरपालिकाले के–कस्ता काम गर्दै आइरहेको छ त ?

कृषिः कृषिमा तरकारी पकेट क्षेत्रको स्थापना, बाख्रा पकेट क्षेत्र, मौरी पकेट क्षेत्र, गाईभैंसी पालन, फलफूल आदिमा बजेट विनियोजन गरेका छौंैं।

जग्गा भाडामा लिई तरकारी खेती गर्नेहरूलाई आदि जग्गा भाडा तिरिदिएका छौंैंै, ब्याजमा ऋण लिई कृषि पेसा गर्नेलाई आदि ब्याज तिरिदिने भनी आधा बजेट अनुदानस्वरुप प्रदान गरेका छौंैंै।

शिक्षाः शिक्षको क्षेत्रमा डिजिटल हाजिरी उपलब्ध, प्राविधिक धारका विद्यालयलाइ विशेष अनुदान, दरबन्दी नपाएका विद्यालयहरूमा एक जना शिक्षकबराबरको यो शैक्षिक शत्रलाई अनुदान प्रदान गरेका छौंैं।

शिक्षालाइ गुणस्तर बनाउनका लागी हामी लागेका छौंैं। साथै विद्यालयको भौतिक निर्माणमा पनि नगरपालिकाले सहयोग गर्दै आएको छ।
पर्यटनः भ्रमण वर्ष २०२० लाई मध्यनजर राखी हामस्टे सञ्चालन तथा भ्रमणका निम्ति भिउटावर, पार्क, ऐतिहासिक स्थल गाउँशहर दरबार संग्रहालय संरक्षणका लागि बजेट विनियोजन गरी डकुमेन्ट्री र दोहारी गीत बनाएका छौंैंै जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्छ भन्ने विश्वास लिएका छौंैंै।

किसानलाई कृर्षिमा र पर्यटक व्यवसायीलाई पर्यटनमा आत्मनिर्भर बनाउन स्रोत र साधन प्रर्याप्त छ त ?

स्रोत र साधन प्रर्याप्त छैन हाम्रो आन्तरिक स्रोत पनि थोरै छ ,संघ र प्रदेशले प्रर्याप्त मात्रामा बजेट दिएको छैन हामीसँग जे–जति बजेट छ सोही बजेटका आधारमा योजनाहरू निर्माण गरी कार्यन्वयनका चरणमा रहेका छन्।

पछिल्लो समय युवा जनशक्ति विदेश पलायन भइरहेका अवस्थामा युवालाई देशमै रोजगारी दिलाउन नगरपालिकाले कस्ता योजना ल्याएको छ ?

हामीले नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी दिलाउनका निम्ति महिला, पुरुष तथा युवा लक्षित कार्यक्रमहरू ल्याएका छौंैं। जस्तैः– प्लम्बिङ, हाउस वायरिङ, सिकर्मी, डकर्मी, मोबाइल मर्मत, ब्युटी पार्लर, सिलाइ बुनाइ, कुसन तथा गुडिया बनाउने जस्ता कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौंैंै। युवा, महिला, दलित ,जनजातति सशक्तीकरणका कार्यक्रम पनि भइरहेका छन्।

अहिलेको शिक्षालाई प्राविधिक शिक्षाका रूपमा अगाडि बढाउनुपर्छ भन्ने कुराको उठान भइरहेका बेला नगरपालिकाले प्राविधिक शिक्षाका लागि कस्तो खालको सोच बनाएको छ ?

शिक्षा जीवन उपयोगी हुनुपर्दछ, परम्परागत शिक्षाले बेरोजगार उत्पादन गरेका सन्भर्भमा हामीले प्राविधिक धारका विद्यालयलाई सहयोग गरी व्यवस्थित गर्ने भन्ने गरी नीति पनि निर्माण गरेका छौंैं।

जनविकास माध्यमिक विद्यालय बेंसीशहर र जनकल्याण माध्यमिक विद्यालय चितीलाई अनुदानसमेत उपलब्ध गराइसकेका छौंैं। अरू विद्यालयले पनि प्राविधिक विषयको अध्ययन अध्यापनलाई अगाडि बढाएको खण्डमा नगरपालिकाले सहयोग गर्ने कुरा जानकारी गराउन चाहन्छौंैंै।

लमजुङ पर्यटकीय जिल्ला भएकाले होमस्टे प्रवद्र्धन गर्नका निम्ति नगरपालिकाले कस्ता कार्यक्रमहरू गर्दै आरहेको छ ?

होमस्टेका निम्ति पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र प्रदेश सरकारसँग समेत होमस्टे राखिएका गाँउको पूर्वाधार निर्माण भएका छन्। जस्तैः– सिँढी, सामुदायिक भवन, भ्युटावर र नाका खोल्ने काम भइरहेका छन्।

भ्रमण वर्ष २०२० लाई पनि मध्यनजर राखी हामस्टे सञ्चालन तथा भ्रमणका निम्ति भ्युटावर, पार्क, ऐतिहासिक स्थल गाउँशहर दरबार संग्रहालय संरक्षणका लागि बजेट विनियोजन गरी डकुमेन्ट्री र दोहारी गीत बनाएका छौंैं।

नगरपालिकाभित्र अवैध भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ यसलाई रोक्न नगरपालिकाले के पहल गर्दै छ ?

नगरपालिकाभित्र निर्माण हुने भवन व्यवस्थापनका लागि ऐन, कानुन संघले पनि बनाएको छ। नगरपालिकाले मापदण्ड निर्धारण बनाएको छ सोही मापदण्डअनुसार नगरपालिकाको स्वीकृत लिएर मात्र घर, टहराहरू, निर्माण गर्नुपर्ने हुन्छ।

स्वीकृत बिना मापदण्ड मिचेर बनाइएका घर, टहराहरू भत्काउन सक्ने कानुनी व्यवस्थासमेत रहेको छ। यति बेला बेंसीशहर बजारको मूल सडकको मापदण्डको सन्दर्भमा व्यापक छलफल र बहस भइरहेको सन्र्दभमा सडक ऐनले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने हुँदा घर निर्माणमा समस्या सिर्जना भएको छ।

केही मानिसहरूले मापदण्ड मिचेर घर बनाउनुभएको छ यसलाइ रोक्ने प्रयत्न गरेका छौंैंै। र जसले अटेर गरी घर, टहराहरू निर्माण गरी अथवा गर्दै आइरहनुभएको छ त्यस्ता क्रियाकलाप गर्नेका निम्ति नगरपालिकाले बिस्तारै कारबाहीको पक्रिया अगाडि बढाउँछ।

भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा सरकारी नीति कतिको प्रभावकारी भएको छ ?

जसले नगरपालिकाबाट अनुमति लिएर नक्सा पास गरेर घर निर्माण गर्नुभएको छ उहाँहरूले भूकम्प प्रतिरोधात्मक घर बनाउनुभएको छ। भूकम्प प्रतिरोधात्मक घर नबाउनेको नक्सा नै पास हुन सक्दैन। त्यसैले जति घर बनेका छन् भूकम्प प्रतिरोधात्मक घरहरू नै बनेका छन्।

भविष्यको बेंसीशहर नगरपालिका कस्तो बनोस् भन्ने चाहनुहुन्छ ?

भविष्यको बेंसीशहर नगरपालिका राम्रो र सुन्दर बनाउने सोच छ। तर राम्रो र सुन्दर बनाउन त्यति सहज छैन। किनभने साविकको नगरविकास समितिले नक्सा पासको कामलाई व्यवस्थित गर्न सकेन जसरी मन लाग्छ त्यसरी भवनहरू निर्माण भए तर पनि नगरपालिका यतिबेला सबै सडकहरू मापदण्ड निर्धारण गरी घर बनाउने कामलाई व्यवस्थित गर्न खोजीरहेको छ।

यसबाहेक सरसफाई अभियान सञ्चालन गरेका छौं

। जसका निम्ति ढल निकासको कामलाई तीव्रता दिइरहेको छ। शहरको सुन्दरताको निम्ति पार्कहरू निर्माण भइरहेका छन्। वृक्षारोपणका काम पनि भइरहेका छन्।

आगमी आर्थिक वर्षका लागि नगरपालिकाका नीति तथा कार्यक्रम के–कस्ता आउँदै छन् त ?

नीति वर्षैपिच्छे फेरिने कुरा होइनन् केही नीतिहरू थपघट हुन सक्छन्, जुन नीति समयको मागअनुसारको हुनेछन्। हामीले आगमी आर्थिक वर्ष आर्थिक विकासमा बढी जोड दिने सोच बनाएका छौं।

https://youtu.be/ut2NR52PHu8

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/nrDDHjN9p24

प्रतिक्रिया दिनुहोस्