वैदेशिक रोजगारीमा जाने बढे



काठमाडौं, (नेस)।

चालू आर्थिक वर्षको चार महिनामा रोजगारीका लागि विदेश जाने नेपाली कामदारको संख्या बढ्दा विप्रेषण आप्रवाह (रेमिट्यान्स) घट्न पुगेको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार विप्रेषण आप्रवाह २ दशमलव ३ प्रतिशतले घटेर ३ खर्ब ४ अर्ब ९७ करोड रुपियाँ कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६ दशमलव ४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव ५ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २३ दशमलव १ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्