श्रम रोजगार पत्रकार समूह गठन



काठमाडांै, (नेस) ।

वैदेशिक रोजगारको क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारहरूले श्रम रोजगार पत्रकार समूह गठन गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर बुधबार सुनील न्यौपाने अध्यक्षतामा तदर्थसमिति गठन भएको छ।

समितिको उपाध्यक्षमा होम कार्की, महासचिवमा अशोक घिमिरे, सचिवमा मनोज पराजुली, कोषाध्यक्षमा सीता शर्मा रहेका छन्।
सदस्यहरूमा चन्द्रकुमार मण्डल, रितु थेवे, उजुरी कार्की, सञ्जिता देवकोटा, गोपाल संग्रौला र रवीन्द्र घिमिरे रहेका छन्।

प्रतिक्रिया दिनुहोस्