शारदाको शान



बेटा र बेटीलाई अभिभावकले जति काखी च्यापेपनि कमै हुन्छ। अर्थात् जति माया गरे पनि कमै हुन्छ। जति चाटेपनि भयो, जति चुमेपनि भयो। आखिर रगतको नाता न पर्यो।

तर पछि जोडिएको कृतिम नाता भन्या कृतिमै हुँदो रँै छ भन्या। जति गाडा बनाउन खोजेपनि मध्य हिउँदको सिरकजस्तो हुने भन्या।

यता तान्दा उताबाट चिसो घुस्ने, उता तान्या यता चिसो हुने। घरबेटी र वहालवाला अर्थात् भाडावालको नाता यस्तै हुन्छ भन्ने कुरो धरहराले धेर बखान गर्नै पर्दैन।

दुई तिहाई बहुमतवाला सरकारका पाइलट एवं शक्तिशाली अध्यक्ष कम्रेड प्रचन्ड र उनका घरबेटी त्यस्तै भा छन्।

प्रचन्ड घरबेटीलाई काखी च्याप्या च्याप्यै गर्न खोज्ने तर घरबेटी शारदा अधिकारी सरकारलाई लोप्पा ख्वाको ख्वाई गर्ने। दश ठाउँका सडक र अन्य ठेक्का पट्टा आफ्नो पोल्टामा पार्ने तर निर्माण सम्पन्न गर्नुपर्ने मिति त के ३/४ वर्ष ठेक्काको म्याद थप्या थप्यै गर्ने उनको शैली गज्जबको छ।

सरकार देशको मुहार फेर्न मरिहत्ते गर्ने तर घरबेटी सरकारलाई नाङ्गेझार पार्या पार्यै गर्ने। आखिर शारदा आखिर घरवेटी न परे।

सरकार सफल बनाउने हो र देशवासीको मन जित्ने हो भने मन्त्री होइन कम्रेड घरवेटी फेर्न हिम्मत गर्नु पर्यो।

प्रतिक्रिया दिनुहोस्