सरकारको उपहार



यसवर्षको मंसिर महिनामा मात्रै नेपालभित्रै भएको सवारी दुर्घटनामा निधन हुने नेपालीको संख्या दुई सय ४५ पुग्या छ। एकै महिनाको यो संख्या बताउँछ–नेपालमा सडकमार्ग होइन धमाधम मृत्युमार्ग बनिरहेको छ।

के पूर्व, के पश्चिम, के उत्तर, के दक्षिण नेपालीले हेरक दिन दुर्घटना र मृत्युका खबर सुन्नै पर्ने भएको छ। खबर सुन्दा लाग्छ कि मृत्यु मार्ग अन्यत्र होइन नेपालमै पर्छ, नेपालमा मात्रै बन्छ। सवारी अनि चालकले यात्रु होइन यमराजलाई बोक्छन् कि क्या हो, तथ्याङ्कले यस्तै बताउँछ।

चालक बन्न लाइसेन्स हुनैपर्ने अनि लाइसेन्स र रुट इजाजत विना सवारी गुडाउन नपाइने नियममा कडा गर्ने सरकार अन्य मामिलामा कानमा तेल हालेर बस्या बस्यै गर्छ। त्यही भएर यस्तै दुःखत खबरबाट सरकारले बधाई होइन, बदनामी कमाई राख्या छ। बदनामीको चुलीले सगरमाथाको उचाई नाघ्न आट्या छ।

भन्सारमा सवारी कर बढ्या बढ्यै छ, यातायात कार्यालय पुग्दा सवारी कर बढेकै खबर सुनिन्छ। यसरी खनखनी उठाउने राजश्वको सानो अंश मात्रै सडक र सवारी सुरक्षामा खर्चिया भए सरकार दुर्घटनाका खबरबाट पुरस्कृत हुनु पथ्र्यो र भन्या ?

दुई तिहाई सरकारका लाखांै कार्यकर्ता मध्ये केही सय कार्यकर्ता मात्रै सडक र सवारी अनुगमन गर्न सडकमा उतार्ने हो भने पनि आम नेपालीले राहत पाउने अवस्था बन्थ्यो कि ?

प्रतिक्रिया दिनुहोस्