उभोखोलामा ‘साहित्यिक जमघट’



खोटाङ, (नेस)।

खोटाङमा गाउँकेन्द्रित साहित्यिक जमघट सम्पन्न भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा ‘सेवा साहारा सामुदायिक संस्था’ले विशेष साहित्यिक जमघट सम्पन्न भएको छ।

उभोखोला भनेर चिनिने जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाखोला र तापखोलाको सेरोफेरोका स्रष्टाको पहलमा खार्मीस्थित कालिका माविको हलमा साहित्यिक जमघटको आयोजना गरेको आयोजकले जनाएको छ।

अधिकांश साहित्यिक कार्यक्रम सदरमुकाम केन्द्रित हुने परिपाटीकाबीच ‘सेवा साहारा सामुदायिक संस्था’ खार्मीले गाउँमा साहित्यिक स्रष्टाको जमघट गराएको हो।

कार्यक्रममा साहित्यकर्मी डिल्लीराम नाकारा, चित्र सुवेदी, भीम राई, धनचन्द्र राई, देवकुमार राई, रामधन बेदना, संगीता राई लगायतका १५ जना सर्जकले सिर्जना सुनाउनुभएको थियो।

गाउँमा पनि साहित्यिक माहोल सिर्जना गर्नका लागि साहित्यिक जमघटको आयोजना गरिएको संस्थाका अध्यक्ष हेमन्त राईले बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्