स्वास्थ्य क्षेत्रमा डाँफे सफ्टवेयर



आइमार्क हेल्थ प्रालिले सम्पूर्ण क्षेत्रमा डिजिटलाइजेसन सेवा विस्तार गर्ने क्रममा हस्पिटल म्यानेजमेन्ट र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम डाँफे सफ्टवेयर प्याकेजको प्रयोग मेडिकल क्षेत्रमा बढ्न थालेको छ।एक दशकभन्दा लामो समयदेखि नेपालको बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको काम गर्दै आएको आइमार्कको यस क्षेत्रमा बलियो पकड र पहिचान छ।

साथै कम्पनीले स्वास्थ्य, शिक्षा, व्यावसायिक तथा व्यापार क्षेत्रमा उपयोग हुने सफ्टवेयरको विकास र बिक्री गर्दै आएको छ। डँँफे सफ्टवेयरको प्रयोगबाट पारदर्शी हस्पिटल म्यानेजमेन्ट, बिरामीको मेडिकल इन्फरमेसन तथा सेवाग्राहीको गुणस्तरीय विकास हुनेमा डाँफे सफ्टवेयरका परिकल्पनाकारमध्ये एक डा. प्रभात अधिकारीले जानकारी दिनुभयो।

डाँफे ईएमआरका संस्थापक तथा डोमन एक्सपर्ट अधिकारीका अनुसार सफ्टवेयर प्याकेजको प्रयोगले पूरा अस्पताललाई डिजिटलाइज गर्न सकिन्छ। डाँफेको सफ्टवेयरमा ३० मोडलको विकास गरिएको छ।

अस्पतालको सम्पूर्ण सेवा, डाक्टर, औषधि, ल्याब, लेखाका काम, आयस्रोतको रेकर्ड, रिर्पोट र अस्पतालमा हुने सम्पूर्ण चेकजाँचका विवरण एकीकृतरूपमा डाँफे प्रणालीमा उपलब्ध हुनेछन्।

‘यसले हस्पिटलहरूलाई पेपरलेस बनाउन सहयोग पुग्छ भने बिरामीलाई समेत कागजपत्र बोकेर हिँडिरहनुपर्ने झन्झट रहँदैन।’ –अधिकारी भन्नुहुन्छ। यो प्रविधिले अस्पतालमा कार्यरत सम्पूर्ण डक्टर, नर्स, प्रशासकका साथै सेवा लिन आउने सेवाग्राहीको समयको बचत तथा बिरामीको डिजिटल रेकर्ड बस्ने भएकाले अस्पतालको दैनिक कार्यमा सहजता हुनेछ।

सेवाग्राहीको हिसाबले बुझ्दा डाक्टरको अपोइन्टमेन्ट, नाम दर्ता, डाक्टर भेट्ने समय तालिका, डाक्टरको परामर्श, सल्लाह, उपचारको विवरण अस्पातलको रेकर्डमा बस्नेछ भने कतिपय सुविधा घरमै इन्टरनेटबाट उपलब्ध हुने पनि कम्पनीले जनाएको छ। बिरामीको रेकर्ड अस्पतालमा रहने हुँदा अर्को पटक बिरामी आउँदा बिरामीको समस्या, उपचार, औषधिको प्रेस्पिक्सन सहजरूपमा देखिनेछ।

यसले डाक्टरको उपचार प्रवृत्तिको विकासमा समेत टेवा पुर्याउँछ। हाल डाँफे सफ्टवेयर काठमाडौं उपत्यका तथा बाहिरका डेढ दर्जन अस्पतालहरूले प्रयोग गर्दै आएका छन्। प्रयोगकर्ता अस्पतालको सन्तुष्टि नै कम्पनीको सम्पत्ति भएको डा. अधिकारीको भनाइ छ।

ती सबै अस्पतालमा जाँदा बिरामीले सहजै आफ्नो मेडिकल हिस्ट्री, उपचार पद्धति र स्वास्थ्यको पछिल्लो अपडेट पाउँछन्। शुक्रबारदेखि शुरू भई आइतबार राजधानीमा सम्पन्न भएको चौथो नेपाल मेडिकल एक्स्पोमा डाँफेले आफ्नो स्टलसमेत राखेको र एक्स्पोमा विभिन्न अस्पतालजन्य सामग्री तथा उपकरणहरू राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्