माफ भलिबलमा २४ टिम



काठमाडौं, (नेस)।

म्युचल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा तेस्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।प्रतियोगितामा ब्वाइज/गल्र्सतर्फ समान १२–१२ गरी २४ टिमको सहभागिता रहने माफका अध्यक्ष राजन आचार्यले जनाएका छन्।

दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। ब्वाइजमा क्याम्ब्रिज तथा गल्र्समा विज किड्स डिफेन्डिङ च्याम्पियन हुन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू कालोपुलस्थित एडभान्स बोर्डिङ स्कुलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्