पीएमलाई पनि स्वर्ण



गत साता सागका पदकधारी खेलाडीलाई बालुवाटार डाक्या पीएम ओलीले ११ लाख रुपियाँसम्मको नगर पुरस्कार घोषणा गरेसी धेरैले भने– ‘साह्रै गज्जब भो, उहाँले सरप्राइज दिनुभो।’ कुरो ठीक हो, अहिलेसम्म यति धेरै दामको बक्सिस नपाएका खेलाडी र खेलप्रेमीका लागि कम्रेडको घोषणा साँच्चै सरप्राइज भा’छ।

रकम घोषणा मात्रै होइन, जतिसक्दो छिटो उपलब्ध पनि गराउनुपर्यो। ‘ओलीले खेलाडीलाई खोक्रो वचन मात्रै दिए’ भन्ने शीर्षकको समाचार नबनोस्, धरहरा यही चाहन्छ। बालुवाटार जमघटमा ओलीले खेलाडीलाई अर्को सरप्राइज पनि दिए, बड्डा त कुनै बेलाका पौडीवाज पनि रै’छन्।

कम्रेडले उसबेला स्वीमिङपुलमा अभ्यास गर्न नपाएको गुनासो गरे, अहिलेका जस्तै आधुनिक पौडीपोखरी भा भए त्यहीबेला आफूले स्वर्णपदक पाउथिए भन्ने उनको आशय प्रष्ट झल्कियो।

उसबेला पञ्चायतको आँखा छल्दै खोल्सा, खोल्सीमा हान्या डाइभकै करामत र कौशलले हो क्यार कम्रेडले २०४६ पछि राजनीतिमा कति छिटो छलाङ मारे मारे। पौ

डी मात्रै होइन उनी क्यारेमबोर्डका झन् खतरा खेलाडी हुन् यो कुरो चाहिँ उनले किन खुलासा गरेनन् कुन्नि ?
त्यही भएर त आफूविरुद्ध खनिने ‘गोटी’लाई उनी ट्वाकट्वाकी प्रहार मात्रै गर्दैनन्, उठ्नै नसक्ने गरी स्ट्राइकरले बर्जाछन्।

प्रतिक्रिया दिनुहोस्