प्रभु बैंकले जावलाखेल क्लबलाई प्रायोजन गर्ने



काठमाडौं, (नेस)।

प्रभु बैंक र ललितपुरको जावलाखेल युवा क्लबबीच क्लबको मुख्य प्रायोजन गर्ने सम्झौतामा भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गर्नुभएको हो। सम्झौतापश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ।

बैंकले आप्mनो सामाजिक उत्तरदायित्वअन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद २५ लाख उपलब्ध गराउनेछ। सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ। जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगितामा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ।

जावलाखेल युवा क्लबले प्रभु बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत् सञ्चालन गर्नेछ। त्यस्तै जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामग्रीहरू प्रचार प्रसार गर्नेछ। जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीले सहभागिता जनाउने जुनसुकै खेलमा प्रभु बैंक लि. लेखेको जर्सी लगाउनेछन्।

https://youtu.be/pxqeCWinkq8

प्रतिक्रिया दिनुहोस्