एकै सातामा दोस्रो साइबर आक्रमण



तेहरान, (एजेन्सी)।

इरानको दूर सञ्चारमन्त्री जावाद अजारी जाहरोमीले एक साताभित्र भएका दुईवटा साइबर आक्रमणलाई इरानले असफल बनाइदिएको बताएका छन्। ती अआक्रमणको लक्ष्य इरानी सरकारको विद्युतीय प्रणाली भएको बताइएको छ। जावादले यस विषयमा अन्य विस्तृत विवरण खुलाएको छैन।

गत बुधबार पनि ठूलै साइबर आक्रमणको प्रयास भएको सरकारले खुलासा गरेको थियो। यसै वर्षको जुन महिनामा पनि इरानको हातहतियार प्रणालीमा साइबर आक्रमण भएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ। जाहरोमीले ट्विट गर्दै एकै साताभित्र दोस्रो पटक साइवर आक्रमण भएको जानकारी दिएका हुन्।

उनले डेज्फा फोत्रेस नामक कम्प्युटर विज्ञको समूहले चिनियाँ भाषा बोल्ने ह्याकरहरूले पठाएको ‘वेल–नन एपीटी २७’ नामक आक्रमणलाई असफल बनाउन सफल भएको पनि बताएका छन्। उनले विशेषज्ञले आक्रमणमा संलग्न सर्भर र ह्याकरको पहिचान भइसकेको बताएका छन्।

गत साता जाहरोमीले इरानको विद्युतीय पूर्वाधारलाई लक्षित गर्दै साइबर आक्रमण भइरहेको आधिकारिक समाचार निकाय इर्नालाई जानकारी गराएका थिए। तर उनले लाखौं संख्यामा इरानी जनताको बैंक खाता नै ह्याक भएको भनी अघिल्लो दिन चलेको हल्ला असत्य भएको पनि स्पष्ट पारेका छन्।

गत जुनमा अमेरिकाको वासिगटन पोस्टले अमेरिकाले इरानको रकेट र क्षेप्यास्त्र प्रक्षेपक नियन्त्रण गर्ने कम्प्युटर प्रणाली निस्कृय पारिदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हवाई आक्रमण गर्न बनाएको योजना फिर्ता लिएको जनाइएको थियो। न्युयोर्क टाइम्सका अनुसार अमेरिकाले इरानले एउटा अमेरिकी ड्रोन विमानलगायत तेलबाहक पानी जहाजहरु माथि आक्रमण गरेको आरोप लगाउँदै सो हवाई हमलाको तयारी गरेको थियो।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

 

प्रतिक्रिया दिनुहोस्