ट्रम्पविरुद्ध महाअभियोगका दुई आरोप तय



वासिङ्टन (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध महाअभियोग चलाउनु ठिक नभएको बताए। आपूmले कुनै पनि गलत नगरेको र आफ्नो नेतृत्वमा देश धेरै अगाडि बढेको ट्रम्पले बताए। ट्रम्पले एक ट्विटमा भने– ‘मविरुद्ध महाअभियोग चलाइरहेको छ ,यो ठिक होइन।

जबकी मैले केही गल्ती गरेको छैन।’ यसअघि अमेरिकी सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दुई आरोपलाई स्वीकृति दिएको छ। यसकै आधारमा अमेरिकी प्रतिनिधि सभामा राष्ट्रपतिविरुद्ध महाअभियोग प्रक्रिया अगाडि बढ्छ।

प्रतिनिधि सभामा डेमोक्र्याटिक पार्टीको बहुमत छ। प्रतिनिधि सभाबाट पारीत भएपछि महाअभियोगको मुद्दा १ सय सदस्यीय अमेरिकी सिनेटमा पठाइनेछ। सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ। ट्रम्पले एक अर्को ट्विटमा भने– ‘कट्टर बामपन्थी केही गर्दैन, डेमोक्र्याट्स घृणको पार्टी बनेको छ। यो हाम्रो देशका लागि अत्यन्तै नराम्रो हो।’

यसअघि उनले महाअभियोगलाई भ्रम र राजनीतिबाट प्रेरित रहेको बताएका थिए। शुक्रबार अमेरिकी प्रतिधिसभाको न्यायिक समितिमा डेमोक्र्याटस र रिपब्लिकन सांसदले १७ को विरुद्ध २३ मतले दुई आरोप लगाउने प्रस्ताव अनुमोदन गरेका थिए। यस अनुमोदनसँगै अमेरिकी इतिहासमा ट्रम्प तेस्रो राष्ट्रपति बनेको छ, जसका विरुद्ध महाअभियोगको कारबाही अगाडि बढ्ने भएको छ।

डेमोक्र्याट् सांसदले राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग मामिलामा आफ्नो धारणा राख्दै उनलाई राष्ट्रिय सुरक्षामाथि स्पष्ट र विद्यमान खतरा भएको बताए। तर रिपब्लिन पार्टीले ती आरोपलाई अस्वीकार गर्दै यसलाई राजनीतिबाट पे्ररित भएको बताए।

ट्रम्पमाथि सन् २०२० को राष्ट्रपति चुनावमा उनका सम्भावित प्रतिद्वन्द्वी तथा पूर्वउपराष्ट्रपति जोय बाइडेनको छबी बिगार्ने प्रयासमा युक्रेनसँग गैर कानुनी मद्दत मागेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्