धारिलो हतियार प्रहार गरी महिलाको हत्या



रुपन्देही, (नेस)।

रुपन्देहीको तिलोत्तमामा एकजना महिलाको हत्या भएको छ। तिलोत्तमा नगरपालिका–१० कान्छि बजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले कान्छीबजार नजिककै घाँस काटिरहेकी कमलादेवीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिनुभयो।

गुरुङले प्रहार गरेको धारिलो हतियारबाट घाँटीमा गम्भीर चोट लागेको र उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भट्टराईले जानकारी दिनुभयो। घटनापछि भाग्दै गरेका गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

 

प्रतिक्रिया दिनुहोस्