दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु



बारा, (नेस)।
पूर्वपश्चिम लोकमार्गको निजगढमा शनिबार राति भएको सवारी दुर्घटनामा परी एक एम्बुलेन्स चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको चन्द्रपुर–९ डुमररियाका करिब ३२ वर्षीय चालक ईश्वर विष्ट रहेका छन्।
बिरामीलाई अस्पताल पुर्याएर घरतर्फ फर्किंदै गरेको ना५ख १०३३ नम्बरको एम्बुलेन्स पूर्वबाट निजगढतर्फ आउँदै गरेको ना६ख ४९५४ नम्बरको ट्रकसँग ठोक्किएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
एम्बुलेन्समा चालक मात्र सवार रहेका र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ। मृतकको शव परीक्षणका लागि प्रहरीले चन्द्रपुर अस्पताल पठाएको छ। ट्रक राजमार्गबाट दक्षिणतर्फ जंगलमा झरेको छ। ट्रकका चालक भने फरार छन्।

प्रतिक्रिया दिनुहोस्