१५ वर्षपछि हत्याका आरोपी पक्राउ



काठमाडौं,(नेस)।

१५ वर्ष अघि कुटपीटका कारण एक युवकको मृत्यु भएपछि फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटको तार्केश्वर गाउँपालिका ४ का सैलु लामालाई कुटपिट गरी फरार रहेकोमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले सन्तबहादुर तामाङ र केशव लामालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बुझाएको छ।

२०६१ साल बैशाख २६ गते फ्याङबो तामाङको घरमा घेवा हेर्न गएको बेला टोल–टोलबीचको झगडाका क्रममा अभियुक्तसहित ४ जनाको टोलीले सैलु लामालाई कुटपिट गरी सख्त घाईते बनाएकोमा उपचारको क्रममा उनको सोही महिनाको २९ गते मृत्यु भएको थियो।

सैलुको मृत्यु पछि फरार रहेका अभियुक्तको खोजीमा जुटेको प्रहरी टोलीले उनीहरूलाई राजधानीको बिभिन्न स्थानबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ब्ुझाएको ब्युरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्